घर जोखिममा परेपछी सुर्जालाई खाद्यान्न सहयोग

दैलेखः बर्षातका कारण घर जोखिममा परेपछी भैरवी गाउँपालिका–४ की सुर्जा बिकलाई परिवारलाई खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ । सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजना अन्तर्गत बिहीबार सुर्जा बिकको घरमै पुगेर खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरण गरिएको हो ।

भैरवी गाउँपालिका वडा नं. ४ का अध्यक्ष चक्र प्रसाद शर्माको रोहबरमा सोसेक नेपालको आधार परियोजनाका संयोजक मेनका क्षेत्रीले उनको परिवारलाई चामल, तेल, दाल, पिफर्म, साबुन, त्रिपाल लगायतका सामग्री प्रदान गरिएको जानकारी दिइन ।यस्ता समस्यामा परेका समुदायका व्यक्तिहरूलाई नियमित रूपमा सहयोग गर्दै आएको र सोसेक नेपालले आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने संयोजक क्षेत्रीले बताइन्।

सहयोग प्राप्त भएपछि सुर्जा बिकले भनिन् केही दिनका लागि भए पनि सहज भएको छ। यस्ता सहयोग प्राप्त गर्नु हामीजस्ता गरिब, निमुखाका लागि ठूलो राहत हो। सोसेक नेपाललाई धन्यवाद छ। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छु।

सुर्जा बिकको परिवारमा हाल पाँच जना सदस्य रहेका छन्। उनका श्रीमान् प्रकाश बि.क केही महिना अघि भारतको हिमाचल प्रदेशको सिम्लामा काम गर्ने क्रममा गाडीबाट टायल खस्दा ढाडमा गम्भीर चोट लागेको थियो। हाल उनी सिम्लामै उपचाररत छन्। श्रीमानले काम गर्न नसक्ने, नाबालक छोराछोरी, बृद्ध सासु ससुरा भएपछि परिवारमा दैनिक रुपमा छाक टार्न ठूलो समस्या उत्पन्न भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५