कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रचण्डको प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन्।

बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्।  प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ।

बैठकमा सहभागी ती नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०, ८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन्। ५० सिट आफू राख्ने नियत उहाँको देखियो।’

बैठकमै कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरू ९० सिटभन्दा तल झर्न नसक्ने अडान राखेका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ८६ सिटमा राजी भएको कांग्रेस स्रोतको दाबी छ।

ती नेताकाअनुसार देउवा कांग्रेसले कम सिट लिएर भएपनि लोकतान्त्रिक समाजवादी लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि गठबन्धनमा ल्याउने रणनीतिमा छन्।

नेताहरूले आ-आफ्नो अडान नछाडे‍पछि झण्डै ११ घण्टा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ।  सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने सहमति नजिक पुगेको भन्दै दुई दिनभित्र सबै मिलिसक्ने दाबी गरे।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५