दैलेख: महाबु गाउँपालिका दैलेखले सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले दोस्रो चौमासिकमा भए गरेका विकास निर्माणको गुणस्तरीयता र सेवा सुविधाको प्रभावकारिता तथा पालिकाका गतिविधिबारेमा सार्वजनिक सुनुवाई गरेको हो।
शनिवार महाबु गाउँपालिका गैडाबाजमा भएका कार्यक्रममा दोस्रो चौमासिक अवधिमा भए गरेका काम तथा समग्र महाबु गाउँपालिका आर्थिक वर्ष २०८१/ ०८२ मा भएका कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

महाबुका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक सुनुवाई भनेको प्रशासन र नागरिक बिचको सिधा संवाद भएको बताए ।उनले सार्वजनिक सुनुवाई कार्यक्रमले प्रशासनलाई नागरिकका आवश्यकता र अपेक्षाहरू बुझ्न सजिलो हुने बताए । प्रशासकीय अधिकृत उपाध्यायले प्रस्तुत गरेको प्रतिवेदन अनुसार महाबु गाउँपालिकाको यस आर्थिक वर्षमा ४५ करोड ७८ लाख ४३ हजार १ सय ४९ रुपैयाँ बजेट रहेको थियो । दोस्रो चौमासिकसम्म यस पालिकामा ३६ करोड ६० लाख ३२ हजार ८ सय ९६ रुपैयाँ प्राप्त भएको भनिएको छ ।
चालु खर्च करिब ३० करोड मध्ये हालसम्म १८ करोड खर्च भइसकेको छ, पुँजीगत तर्फ १५ करोड मध्ये ४ करोड खर्च भएको छ, प्रकोप व्यवस्थापन कोषमा २७ लाख मध्ये ४ लाख खर्च भइसकेको छ । यता मर्मत सम्भार कोषमा भने ३५ लाख आम्दानी देखिएकोमा अहिलेसम्म १५ लाख खर्च भएको छ ।

बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा जबाफदेही वक्ताको रूपमा गाउँपालिकाका अध्यक्ष जंगबहादु शाही, उपाध्यक्ष, मञ्जु कुमारी पाण्डे तथा विषयगत शाखाका प्रमुखहरू रहेका थिए । यस पटक सबै भन्दा बढी शिक्षा, स्वास्थ्य र खानेपानी सम्बन्धी प्रश्नहरू नागरिकहरूबाट आएको गाउँपालिकाले जानकारी दिएको छ । करिब १सय ४० जनाको सहभागिता रहेको कार्यक्रमको अन्तमा ९ बुँदे प्रतिबद्धता गरिएको छ ।
यस्ता छन प्रतिबद्धताहरु
१. शिक्षा क्षेत्रको गुणस्तरियता खस्किदै गएको गुनासो आएकाले शिक्षको गुर्णसतरियता बृद्धी गर्न स्थलगत अवलोक र अनुगमन गर्ने, साथै बिज्ञान विषय अध्यायन गर्ने विद्यार्थीलाइ पालिकाले यपलब्ध गराउने क्षात्रबृद्धी विवरण सबैले थाहा पाउने गरी सार्वजनिकीकरण गर्ने ।
२. पालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवालाइ थप प्रभावकारी बनाउने र निशुल्क वितरण हुने औषधीको विवरण वारे आम नागरिलाइ जानकारी गराउने
३. गैडाबाज बजारमा खानेपानी समस्याको दिगो समाधानका लागि बजार व्यवस्थापन समिति, उपभोक्ताहरु र सबै सरोकारवाला सचेत भइ आवश्यक पहल गर्ने र बजारको समग्र व्यवस्थापनमा ध्यान दिने ।
४. शिक्षक नियुक्तीका लागि परिक्षा हुन नसकेको विध्यालयमा यथासक्य परिक्षा सञ्चालन गर्ने ।
५.पालिकाबाट वितरण गरिने अपाङ्गता परिचय पञ वितरण कार्यलाइ व्यवस्थित गर्न वडा स्तरमा गइ वास्तविक्ताको आधारमा परिचय पत्र वितरण गर्ने ।
६. पालिकाको सेवा प्रवाहलाइ छिटो, छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउने गरी कार्य सम्पादन गर्ने ।
७. पालिकामा कार्यरत राम्रो काम गर्ने कर्मचारीलाइ प्रोत्साहन गर्ने र गलत कार्य गर्ने कर्मचारीलाइ दण्डको ब्यवस्था गर्ने ।
८. पालिकाको सबै क्षेत्रमा विधुतीकरण व्यवस्थापन गर्ने कार्य भइरहेकोमा अवउपरान्त छिटै विधुत समस्या समाधान गर्न लागिपर्ने ।
९. कृषहरुलाइ प्रोत्साहन गर्न कृषीमा आधारित कार्यक्रम सञ्चालन गर्न विशेष योजना बनाउने ।





खुल्ला प्रेस । ४ जेष्ठ २०८२, शनिबार २०:५१