दैलेखमा खोलाले बगाएर २ जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको खोलाले वगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।
सपना फुपू र भावना भतिजी हुन् । गाई-बाख्रा चराउन गोठाला गएका उनीहरू छामघाट खोलाको कुण्टा भन्ने रहमा पौडी खेल्दै गर्दा बगेको स्थानीय विष्णु वुढाले वताएका छन् । काफल खेत नजिक सपनाको र जडेपिपल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मालिका मावि बाँसीमा कक्षा ९ मा अध्ययनरत थिए ।
![](https://khullapress.com/wp-content/uploads/2024/11/Khulla-Press.gif)
हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५
![](https://khullapress.com/wp-content/uploads/2024/12/जनहितमा-जारी-संदेश-खानेपानी.gif)
खुल्ला प्रेस । १६ श्रावण २०८१, बुधबार ०७:१६