अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्दै मनाइयो अपाङ्गता दिवस

दैलेख : दैलेखमा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्दै ३० औँ विश्व अपाङ्गता दिवस मनाइएको छ ।
जिल्लाको भगवतीमाई गाउँपालिका–५ र ६ को वडा कार्यालयमा मनाइएको अपाङ्गता दिवसमा १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
कारितास अस्ट्रेलिया कारितास नेपाल र समुदायमा आधारित संस्था महासङ्घको आर्थिक सहयोग एकता फाउन्डेसन नेपालको आयोजनामा भएको कार्यक्रम २ वडाका १७ जनालाई सम्मान गरिएको एकता फाउन्डेसन नेपाल बालबालिका तथा युवा सशक्तीकरण परियोजनाका कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अति समस्या परेका अपाङ्गता भएका व्यक्तहरूलाई सम्मान स्वरूप ३ जनालाई न्यानो कम्बल १४ जनालाई एक मिटरको कपडा लगाउन मिल्ने दोसल्ला ओढाएर स्वागत गरिएको छ ।
अपाङ्ग सञ्जालको सचिव जगत् रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं। ५ का अध्यक्ष वडा अध्यक्ष कृष्णबहादुर शाही विशेष अतिथि, सिविओ माँहसंघका सचिव शिवसंकर केसी जनमोर्चाका जिल्ला सचिव कृष्ण केसी, सहित करिब ८८ जनाको सहभागिता थियो ।
उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि कृष्ण बहादुर शाहीले अपाङ्गता भएका व्यक्तिको लालन पालन सरकारले लिनुपर्छ । स्थानीय निकायले पनि यस्ता व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ तथा हामीले नीति निर्माण तहमा समेत नराखेको र आगामी दिनमा यस्ता व्यक्तिहरूलाई निति निर्माण तहमा पुर्‍याउनु पर्ने बताए ।
यस संस्थाले अपाङ्गता भएका ब्यक्तिहरूका लागि परिचयपत्र बनाउन सहजिकरण गर्ने तथा यस्ता ब्यक्तिहरूको अधिकारको बारेमा आवाज उठाउदै आएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५