जिविको पार्जनका लागि बाख्रा वितरण

दैलेख: दैलेखको पूर्वमामा पर्ने भगवतीमाई गाउँपालिका बादी समुदायलाई बाख्रा वितरण गरिएको छ । भगवतीमाई गाउँपालिका भेटेरिनरी शाखाको आयोजनामा बादी समुदायलाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिका भित्र बसोबास गर्ने १३ घरपरिवारलाई बाख्रा वितरण गरिएको भगवतीमाई गाउँपालिका पशु स्वास्थ्य प्राविधिक गणेश जोशीले बताए । उनका अनुसार– यस अघिका बर्सहरूमा विभिन्न रोजगार तथा आय आर्जन कार्यक्रम देश भर गरिँदै आएको थियो । आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम तथा बजेट र आयआर्जन कार्यक्रम अन्तरगत बादी समुदायको उत्थान विकास तथा कृषि पशुपालन कृर्षक समूहको निर्णय अनुसार सक्रिय बाख्रा पालन व्यवसायमा संलग्न उद्यमीलाई छनोट गरी बाख्रा पालन व्यवसायलाई स्थायित्व दिन १८ देखि २२ केजी सम्मको खरी जातको बाख्रा वितरण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै बादी समुदायको आय स्तर उकास्ने उद्देश्यले बाख्रा वितरण गरिएको बताउँदै अपनत्व हुन जरुरी रहेको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले बताईन । उनले प्रतिफल निकाल्ने गरी व्यवसाय सञ्चालन गर्न कृषकहरूलाई आग्रह गरिन् । बाख्रा दिएपछि खुसी हुँदै भगवतीमाई गाउँपालिका–२ की पवित्रा नेपालीले भनिन् “अब बाख्रा पालनबाट मनग्य आम्दानी गर्ने बाटो खुलेको छ ।” यस्तै वडा नं. ३ कि गीता नेपालीले बाख्रा पालन समूहका आफू जस्तै अन्य विपन्न परिवारको आर्थिक स्थिति सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५