पहिरोले विद्यालय उच्च जोखिममा

दैलेख: जिल्लाको भगवतीमाई गाउँपालिका वडा नंं. ४ को कालिका माध्यमिक विद्यालय सडकका कारण  पहिरोको उच्च जोखिम परेको छ । विद्यालयको नजिकैबाट ट्याक खोलेको मध्यपहाडि लोकमार्गका कारण विद्यालयको शौचालय पूर्ण रूपमा भत्केर क्षेत्री  पुगेको छ । भने विद्यालय उच्च जोखिममा रहेको छ ।

साउन ९ गते परेको पानीले विद्यालयको ३ वटै शौचालय भत्केर क्षेत्री भएपछि विद्यार्थी तथा शिक्षकहरूलाई शौचालयको समस्या भएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर थापाले बताए । उनले भने विद्यालय नजिकैबाट खनेको सडकका कारण विद्यालय उच्च जोखिम परेको छ । विद्यालयमा रहेका ३ वटै शौचालयमा क्षेत्री भएपछि विद्यालयमा समस्या भएको छ । समस्या समाधानको लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय दैलेखलाई जानकारी दिए पनि अहिले सम्म कुनै सुनुवाइ भएको छैन । योजना कार्यालयले समयमै समस्याको समाधान नगरे विद्यालयमा धेरै क्षेत्री हुनसक्ने देखिन्छ,  पहिले सडक निर्माण गर्दा निर्माण व्यवसायीसँग पक्की वाल लगाउन आग्रह गर्दा पनि काम नगरेको थापाले आरोप लगाएका छन् ।

विद्यालयको शौचालय भत्केको अनुगमन गर्दै जिल्ला समन्वय समिति दैलेखका नवराज शाहीले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय दैलेखसँग समन्वय गरी तत्काल विद्यालयको शौचालय बनाउन पहल गरिने बताए । अनुगमनमा शिक्षा समन्वय इकाई दैलेख प्रतिनिधि, वडा अध्यक्ष पत्रकार लगाएको उपस्थिति थियो ।

यसको विषयमा बुझ्दा राजमार्ग कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले विद्यालयमा क्षेत्री भएको फाइल कार्यालयमा आएको जानकारी दिँदै विद्यालयमा गत वर्ष लगाएको ग्याविन जाली पहिरोले क्षेत्री पुर्‍यापछि पुन पक्की वाल लगाए पनि पहिरो नरोकिएकोले समस्या भएका बताए । उनले भने–‘अहिले बर्सातको समय भएकोले त्यस क्षेत्रमा काम गरिरहेका निर्माण व्यवसायी जिल्ला बाहिर हुनुहुन्छ उहाँसँग सहकार्य गरेर त्यसको समाधानका लागि पहल गरिने छ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५