गुराँसले गुराँस अस्पतालमा आफ्नै फर्मेसी सञ्चालन गर्ने

दैलेख :  दैलेखको गुराँस गाउँपालिकाले गुराँस अस्पतालमा आफ्नै फर्मेसी सञ्चालन गर्ने भएको छ । गुराँस गाउँपालिकाको ११औं गाउँसभा बाट गुराँस अस्पताल फार्मेसी सञ्चालन सम्बन्धि कार्यविधि २०७९ पारित गरे संगै फार्मेसी सञ्चालनको बाटो खुलेको हो ।

गाउँपालिका बासीलाई स्वास्थ्यको पहुचमा ल्याउन र सुपथ मुल्यमा औषधि उपलब्ध गराउन सहयोग पुग्ने गाउँपालिकाका प्रवक्त तथा वडा न। ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए । “हाम्रो उदेस्य हाम्रो गाउँपालिका बासीले बिरामी हुँदा औषधि नपाएर दुःख बेहोर्नु नपरोस्, औषधि सुपथ मुल्यमा सबैलाई उपलब्ध होस् भन्ने हो” अध्यक्ष वलीले भने ।

गुराँस गाउँपालिकाका अधिकांस बिरामीले निजि स्वास्थ्य किलीनीक बाट चर्को मुल्य तीरेर औषधि खान बाध्य भएको र अब त्यो अबस्थाको अन्त्य गर्न कार्यविधि ल्याएको प्रवक्त वलीले बताउनु भयो । फार्मेसी सञ्चालन भएपछि गुराँस बासीले सुपथ मुल्यमा गुणस्तरीय खरिद गर्न सक्नेछन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५