भगवतीमाईमा अन्तर वडास्तरिय पूरूष भलिबल प्रतियाेगिता हुदै

दैलेखः दैलेखकाे भगवतीमाई गाउँपालिका वडा नं. २ रुममा अन्तर वडास्तरिय पूरूष भलिबल प्रतियाेगिता हुने भएको छ ।

विजया दशमी तथा शुभ दिपावली २०८० को अवसरमा भगवतीमाई गाउँपालिका वडा  नं. २ र यूवा संजाल रुमको आयाेजनामा प्रतियाेगिता गर्न लागेको वडा अध्यक्ष दिपक रावतले जानकारी दिए ।

उनले  दिएको जानकारी अनुसार कार्तिक ३ गते देखि  कार्तिक ५ गते सम्म अन्तर वडा स्तरिय पूरूष भलिबल प्रतियाेगिता गर्न लागिएको हाे । वडा कार्यालयको आयाेजनामा हुने खेलकुदमा युवा संजालले सहजिकरण गर्ने छ प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडिले ४० हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र उत्कृष्ट खेलाडीले एक हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र उदयमान खेलाडिले एक हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र र वेस्ट स्पाइकरले एक हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

करिव ३ दिन हुने प्रतियोगितामा सहभागि खेलाडिहरुले खाना बस्नको व्यवस्थापन आफै गर्नुपर्ने तथा टिम दर्ताका लागि रु. ३ हजार रुपैयाँ व्यवस्थापन गर्नुपर्ने यूवा संजाल रुमका संयोजक गगन शाहीले बताए । प्रतियाेगिता जनता माध्यामिक बिद्यालयको प्राङ्गणमा हुने छ । टिम दर्ता गर्न चाहाने खेलाडिहरुले कार्तिक २ गते साँझ ५ः०० बजे सम्म आफ्नाे टिम दर्ता गरिसक्नुपर्ने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५