जाजरकोटका छ वटा स्थानीय तहमा विद्युत् सेवा विस्तार

जाजरकोटः जाजरकोट जिल्लाका छ वटा स्थानीय तहमा विद्युत् सेवा विस्तार गरिएको छ । सरकारले गाउँबस्ती उज्यालो बनाउने अभियान लिएपछि ग्रामीण बस्ती उज्यालो हुन थालेका छन् ।

केही वर्षअघि सोलार, दियालो, गाउँमा निर्माण गरेका लघुजलविद्युत् आयोजनाको बत्तीको उपयोग गरेका जनता गाउँबस्तीमा बत्ती पुगेपछि खुसी भएका छन् । अधिकांश वडामा बत्ती नपुगेकाले छिटोछरितो काम भइरहेको छ । सात वटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाबाहेक छ वटा स्थानीय तहका केही वडामा केन्द्रीय विद्युत् विस्तार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख शङ्करसिंह ठकुरीका अनुसार शिवालय गाउँपालिका–४ बाहेक सबै वडामा, छेडागाड नगरपालिकाका–५, ६, ११, १२, १३ जुनीचाँदे गाउँपालिका–५, कुशे गाउँपालिका–५ बाहेक अन्य वडामा विद्युत् विस्तार हुन नसकेको, जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिकाका केही बस्तीमा विद्युत् विस्तार नभए पनि सबै वडा विद्युत्को पहुँचमा पुगेका छन् ।

नलगाड नगरपालिका–९, १०, १३ बाहेक सबै वडा, बारेकोट गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न नसकेको उनले बताए । उनका अनुसार सात वटै स्थानीय तहका जनतालाई विद्युत्को पहुँचमा पुर्‍याउने लक्ष्य लिए पनि बजेट व्यवस्थापन, ठेकेदारको लापर्बाहीका कारण काम गर्न सकिएको छैन । भेरी नगरपालिका–४, पैँयाखर्कका करिब १५ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख शङ्करसिंह ठकुरीका अनुसार केही बत्तीको पहुँचबाहिर रहेका बस्तीमा बत्ती विस्तार गर्न सरकारसँग बजेट माग गरिएको छ । बजेटको व्यवस्थापन भएपछि छिटो बाल्ने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका प्राविधिक योगेन्द्र झाका अनुसार ठेकेदारले प्राधिकरणसँग गरेको सम्झौता अनुसार काम नगरी ढिलासुस्ती गरेपछि गाउँमा बत्ती विस्तार गर्न ढिला भएको छ । यतिबेला ठेकेदारले काम नियमित गर्न थालेको बताए ।

विद्युत्को जिम्मा एआइजी आयोजनाले काम गरेपछि गाउँबस्तीमा बत्ती बाल्ने बताए । १३२ केभी प्रसारण लाइन केन्द्रीय विद्युत् विस्तार गर्ने भनिए पनि भेरी नगरपालिका–१३, कुदु सबस्टेसनबाट सबै ठाउँमा विद्युत् पुगेको छ । बाँकी सबस्टेसन निर्माण ढिलाइ भएपछि समस्या आउने गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५