काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ।
असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ। दशैँको बिदा सकिने बित्तिकै भोलिपल्ट नै कार्यालय खुल्नेछन्।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २३ भाद्र २०७९, बिहीबार २०:२३