काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै आउँदो ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपा महासचिव चन्दले बिहीवार वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन्। कात्तिक २४ गेतबाट पाँच दिनसम्म विभिन्न आन्दोलन गरेपछि ३० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनमानसका दैनिकीमा प्रभव पार्ने भएकाले यसको फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरिएको हो। सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी वक्तव्यमा गरिएको छ।
२५ गते दिउँसो देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रसार तथा मसाल जुलुस, २७ गते देशभर एक घण्टा विरोध प्रदर्शन, २८ गते चक्का जाम, २९ गते सिठ्ठी र मसाल जुलुस गर्दै ३० गते नेपाल बन्दको घोषणा गरिएको हो।




खुल्ला प्रेस । २५ कार्तिक २०७८, बिहीबार १८:३८