दैलेखबाट सुर्खेत जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य

दैलेख ः सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।

उनका अनुसार ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीन जना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५