चन्द्र रावत ‘गुराँस’ का चार मुक्तक

टालै टाला हालेको सद्दरी लाएर पनि
बा खुसी हुनुहुन्छ अनेक दुःख पाएर पनि
बा कम्जोर देखिनु हुन्न सन्तानको अगाडी
बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर पनि ।

भारी बोकेर गिट्टी फोरेर पनि पढाउनु भो बावा
समस्या नै समस्यामा पनि अघि बढाउनु भो वाबा
आफू कालापहाडमा बोझा बोक्न गएर पनि
मलाई देश चिानाउन शहर पठाउनु भो बाबा ।।

पिल्सिएका छन् बा समस्याको जाँतोले
तालु थिचिएको छ अझै बरियाको पातोले
हिउँद धकेल्छन् र बर्षा पनि धकेल्छन्
गुजरा चलाउँछन् बा पुरानै फाटोले ।।

सन्तानकै लागि देश प्रदेश धाउनु भो बाबा
थोरै सम्पति धेरै इज्यत कमाउनु भो बाबा
घाम, पानी, असिना, हुरी संग लडेर
हामीलाई यहाँ सम्म पु¥याउनु भो बाबा ।।

चन्द्र रावत गुराँस
अध्यक्ष-भेरी साहित्य समाज शाखा दैलेख

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५