जुन दिन दिल खरानी भयाे ‘गजल’

तिमीसँग प्रेम गरेर जुन दिन दिल खरानी भयो
हो त्यहि दिनदेखि मेरो रक्सी पिउने बानी भयो ।।

झुठा रहेछन् मान्छेहरु र झुठा रहेछन् कसम पनि
र त झुठा कारोबार गर्नेहरुको मात्रै आम्दानी भयो।।

एउटा नेता थियोे पिडितलाई राहत दिनुपर्छ भन्ने
बेईमानको पछि लागेर त्यो नेता नि बेईमानी भयो।।

तिमीसँग खाएका कतिपय बाचा पुरा गर्न सकिनँ
पशु होईन मान्छे हुँ म पनि र त आत्मग्लानी भयो।।

ज्युँदाको जन्ती मर्दाको मलामी हुनुपर्छ रे मान्छेले
अब यस्तै यस्तै सोच्नु तिम्रो र मेरो चिनाजानी भयो ।।

कर्ण सिंह (पत्थर)

भगवतीमाइ गाउँपािलका – ४, दैलेख 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५