चन्द्र रावत गुराँसका चार मुक्तकहरु

चन्द्र रावत गुराँसका चार मुक्तकहरु
मुक्तक -१
चाकडीको पर्दाले शर्कारको आँखा ढाकिएको छ
देश छोड्नका लागि राहदानीमा फोटो टाँसिएको छ
जनता रोग, भोक र सोकले मरीरहेका छन् दिनदिनै
तै पनि देश सम्पन्न भएको समाचार छापिएको छ
मुक्तक- २
आफ्नै पार्टी र कार्यकर्तामा झुटा भएका छौ
काम नलाग्ने गरी भाँचिएको खुट्टा भएका छौ
जसको काँधमा चढेर माथि जाने सपना देखेका थियौ
आज,उसैले लगाएर फालेको जुत्ता भएका छौ ।
मुक्तक- ३
लगाएका छौ कागजको श्रीपेच राजनितिको ब्यापारमा
घुमाएका छौ सत्ताको दाउपेच राजनितिको ब्यापारमा
रातारात धनी भएका छौ मालामाल भएका छौ
गरेका छौ मान्छेको किनबेच राजनितिको ब्यापारमा
मुक्तक -४
राजनितिमा नेताहरुले गुण्डा बोकेर हिड्छन्
सभासद्ले राष्ट्रघाती एजेण्डा बोकेर हिड्छन्
दुधको कुराउ बिरालो भएको छ मेरो देशमा
जहाँ अपराधीले पार्टीको झण्डा बोकेर हिड्छन्

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५