सनिबार दैलेखमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने

दैलेखः सनिबार दैलेखमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने भएकाे छ ।

सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली शाखाकाे अायाेजनामा नारायण बहुमुखी क्याम्पस  रामपुर दैलेखमा कार्यक्रम हुन लागेकाे हाे । कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा भाषा विभाग सदस्य रोहित कुँवरलाई प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको कर्णाली प्रदेश शाखाको आयोजनामा श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गर्ने र उक्त कार्यक्रममा कर्णाली प्रदेश शाखा इन्चार्ज समेत रहेका कुँवरलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा गजलकार रोहित कुँवरको गजल रस्वादन सँगसँगै दैलेखका कवि दिपिन सिजापतीको कविता वाचन रहने प्रतिष्ठानका प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिए । सगरमाथा साहित्य प्रतिष्ठान केन्द्रीय कमिटी तथा सगरमाथा साहित्य प्रतिष्ठानका शाखाहरुले यस्ता उदाहरणीय कार्यक्रम गर्दै आइरहेको र कर्णाली प्रदेश शाखाले यस अघि पनि यस्तै कार्यक्रम गरेको गड्तौलाले बताए ।

यस्तै, कर्णाली, दैलेख आसपासका साहित्यिक सर्जक तथा साधकहरुलाई कार्यक्रममा उपस्थिति भइदिन पनि गड्तौलाले आग्रह गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५