पहुँचका आधारमा दिइने सबै अनुदान खारेज : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान खारेज गरेको बताएकी छन्।

शुक्रवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले उक्त खुलासा गरेकी हुन्।

पहुँच र प्रभावका आधारमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गरेको मन्त्री बादीको स्पष्टीकरण थियो।

मन्त्री बादीले आफ्नो मन्त्रालयमा स्रोत र साधनको सीमितता स्थायी चुनौती भएको स्मरण गराइन्। उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारिन्।

मन्त्री बादीले भनिन्, ‘मन्त्रालयको जिम्मेवारीको दायरा व्यापक भए पनि उपलब्ध स्रोत, साधन सीमित हुनु हाम्रो स्थायी चुनौती बनेको छ। पहुँच र प्रभावमा आधारित विभिन्न संस्थालाई विगतमा दिइने अनुदान यो वर्षदेखि पूर्ण रूपमा अन्त्य गरिएको छ।’

मन्त्री बादीले मन्त्रालयले बजेट विनियोजनका लागि न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकता दिएका पनि बताइन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५