सडक दुर्घटनामा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत पछिल्ला सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५