दैलेखः नारायण नगरपालिका दैलेखमा महिला बालबालिका केन्द्र र बाल हेल्प लाइन १०९८ बाट जुलाई देखि अगष्टसम्म सेवा प्रदानगरीएको बारे त्रैमासिक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
युरोपेली सङ्घको आर्थिक सहयोग, नगरपालिकाको समन्वय तथा सोसेक नेपाल द्वारा सञ्चालित महिला बालबालिका केन्द्र र बाल हेल्प लाइन १०९८ बाट जुलाई देखि अगष्टसम्म सेवा प्रदानगरीएको बारे त्रैमासिक प्रगति तथा बैठक नारायण नगरपालिका दैलेखका नारायण नगरपालिका प्रमुख श्री लोमन शर्माको अध्यक्षता त्रैमासिक समीक्षा तथा छलफल बिहीबार गरिएको छ ।
नारायण नगरपालिका प्रमुख लोमन शर्माले भने “सोसेक नेपाल अन्तर्गत सञ्चालित महिला तथा महिला बालबालिका केन्द्र र बाल हेल्प लाइनसँग सहकार्य गरेर हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौँ । तर, हाम्रा प्रयास र उपलब्धिहरूलाई भविष्यका लागि व्यवस्थित अभिलेख वा रेकर्डमा राख्नुपर्छ भन्ने धारणा व्यक्त गरिएको छ ।”
सहभागीहरूले संस्थाले गरेका कामहरूलाई स्थानीय सरकारको वार्षिक प्रगति विवरणमा समावेश गराउन समन्वय गरी थप व्यवस्थित गर्नुपर्ने बिचार राखेका थिए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख तप्ता कुमारी थापा खड्का, सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाही, नि.प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा, दैलेख जिल्ला जिल्ला बार इकाईका अध्यक्ष अधिवक्ता प्रेमबहादुर थापा, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्रवण कुमार बि.क, गैसस महाँसघ जिल्ला अध्यक्ष डिलकुमारी चन्द, विषयगत शाखाका प्रमुख, सोसेक नेपालका अधिवक्ता माधुरी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
संस्थामार्फत उपलब्ध गराइएका दैलेख जिल्लाका ११ वटै स्थानीय तहगत सेवाहरूको विवरण उद्धार/राहत सहयोग ,मनोविमर्श परामर्श सेवा, छलफल तथा मेलमिलाप सेवा , अल्पकालीन आश्रय सेवा , परिवारमा पुनर्मिलन, हाल सेफ हाउसमा रहेका सेवा, कानुनी सेवा , यातायात सहयोग , लत्ताकपडा सहयोग, बिउ पुँजी तालिम औषधि उपचार सेवाहरू बारेमा छलफल तथा समन्वय गरिएको थियो ।
जसमा मनोविमर्श परामर्श सेवा ७० जना, अल्पकालीन आश्रय सेवा २५ जना, परिवारमा पुनर्मिलन २३ जना, कानुनी सेवा २२ जना, यातायात सहयोग २० जना, औषधि उपचार १२ जना र लत्ताकपडा सहयोग १० जनालाई महिला बालबालिका केन्द्र र बाल हेल्प लाइन १०९८ बाट जुलाई देखि अगष्टमहिनामा सेवा प्रवाहबारेमा सेफ हाउस संयोजक रमा श्रेष्ठले प्रस्तुतीकरण गरेकी थिइन् । साथै उनले हाल सेफ हाउस दैलेखमा २ बालिका सेवामा रहेका जानकारी गराइन् ।
उक्त कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) को लागि बजेट विनियोजन गरेको रकम कार्यविधि बनाएर कायन्वयन गर्ने, (OCMC) को रकम न्यून भएको प्रदेश सरकारलाई जानकारी र माग गर्ने , मानसिक समस्या भएको ब्यक्तिहरुलाई मानव सेवा आश्रममा पठाउनको लागि बजेट प्रदेश सरकार सँग माग गर्ने निर्णय गरीएको थियो ।




खुल्ला प्रेस । ४ भाद्र २०८३, बिहीबार २०:४४