जोखिममा रहेका १यस ६२ बालबालिकालाई खाद्यान्न वितरण


दैलेखः चामुण्डाबिन्द्रासैनी नगरपालिकादैलेख, सेभ द चिल्ड्रेन र सोसेक नेपालको संयुक्त साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाले १ सय ६२ जना बालबालिकालाई खाध्यान्न सहयोग वितरण गरेको छ । नगरपालिकाका सबै वडाका बालबालिकाहरूको लागी खाध्यान्न वितरण गरिएको हो ।
विशेष संरक्षणको आवश्यकता भएका आमा बाबु गुमाएका, अभिभावक विहिन, आर्थिक रूपमा विपन्न र नियमित विद्यालय जान समस्यामा परेका बालबालिकाका परिवारको लागी खाध्यान्न सहयोग गरिएको नगरप्रमुख गणेश कुमार शाहीले बताए । उनले थपे, हाम्रो समाजमा विहान खाए वेलुका के खाउ भन्ने अवस्थाको परिवारका बालबालिका छन । हामि विध्यालय त पठाउछै तर भोको पेटमा बालबालिकाको सिकाई गुणस्तर नहुने विध्यालयको नियमिततामा समेत पर्ने देखिए पछि खाध्यान्न उपलब्ध गराउनु परेको उनको भनाई थियो ।
उपलब्ध गराई एको खाध्यान्नले बालबालिकाको पोषणमा समेत सुधार गर्ने बताउदै प्रमुखले भने, घरमा राम्रो खाना खान्छन र बालबालिका झोला बोकेर विध्यालय जान्छन । छोराछोरी जन्माएर उचित हेरचारह नगर्ने अभिभावकलाई बालबच्चा प्रतिको जिम्मेवारी वहन गर्न पनि आग्रह गरे । उनले थपे, जहाँ सचेत अभिभावक हुन्छन त्यहाँ बालबालिकाहरू पनि सुध्रिएको देखिन्छ । अभिभावकले छोराछोरी विध्यालय पठाएर मात्रै कर्तव्य पुरा नहुने बताउदै उनले थपे, बच्चाले विध्यालयमा राम्रोसँग अध्ययन गरेको छ कि छैन, उसको पढाई कस्तो छ, विध्यालयबाट कति खेर घर फर्किन्छ, विध्यालय जान्छु भनेर नगएको पनि हुनसक्छ ।
अभिभावकले महिनामा एकदिन विध्यालयमा गएर आफना बालबालिकाको बारेमा बुझ्नु पर्ने भनाई थियो । उनले थपे, यो खाध्यान्न सामाग्री पर्याप्त होई न । केही समयको लागी राहत मात्रै हो । यस्ता परिवारको लागी दिर्घकालिन आयआर्जनका श्रोतहरूको खोजी स्थानीय सरकारले गरिरहेको उनको भनाई थियो ।
आर्थिक अभावका कारण कुनै पनि बालबालिका विध्यालय वाहिर नहुने नगर उपप्रमुख मनसरा कुमारी रेग्मीको भनाई छ । बालबालिकालाई विध्यालय निरन्तरताका लागी साझेदार संस्थासँगको सहकार्यमा स्थानीय सरकारले सहयोग गर्ने उनले बताईन । उनले थपिन, विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूको राहत पुनस्थापना तथा सहयोगका लागी पालिकामा बालकोष स्थापना गरिएको छ । यदि कुनै बालबालिकालाई तत्काल सहयोग गर्नुपर्ने अवस्था भए स्थानीय सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
वडा नं ३ का अध्यक्ष दिपबहादुर शाहीले भने, आर्थिक रुपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय जान सहज बनाउने र शिक्षाबाट वञ्चित हुन नदिने उदेश्यकासाथ यस वडाका १८ जना बालबालिकाका परिवारलाई खाध्यान्न सहयोग गरिएको छ । केही बालबालिकालाई शैक्षिक छात्रवृत्ति, केही बालबालिकालाई खाध्यान्न सहयोग गरिएको उनको भनाइ छ । १ सय २९ जना जोखिममा रहेका बालबालिकाहरूलाई उनीहरूको आवश्यकता अनुसार फरक फरक सामाग्रीहरू उपलब्ध गराईएको शाहीले बताए ।
आर्थिक अभावले गर्दा विध्यालयमा बालबालिकालाई नियमित पठाउन नसकिएको वडा नं ४ का अभिभावक जसविरे कामिले बताए । वर्ष ५३ का जसविरे शारीरिकरूपमा अपाँगता भएका व्यक्तिहुन । उनी सहजै हिडडुल गर्न सक्दैनन । आफनो घरछैन अर्काको घरमा बस्छन । न कमाउने जग्गा छ, न काम गर्न सक्ने क्षमता छ । उमेर ढल्किसकेपछि घरजाम जोडेको जसविरेका ३ बालबच्चा छन । उनले थपे, विध्यालयमा छोराछोरी कहिले खाना खाएर जान्छन, कहिले नखाएरै जान्छ । गाउमा मागेर पाई यो भने खान पाउने हुन नत्र भोकै सुत्नुपर्ने बाध्यता भएको उनको भनाई थियो ।
एकल महिला भएर घरधन्धा चलाउन कति मुश्किल हुन्छ भन्ने राम्रोसँग बुझेकी वडा नं ३ को हिरादेविले भनिन् म जस्तै पिडित गाउमा धेरै एकल महिलाहरू छन् । उनीहरूका बालबालिकाले पनि आवश्यकता अनुसार खान पाई रहेका छैनन । गाउँका धेरै जसो पुरूषहरू कमाउनका लागी भारत जाने गर्छन । उनीहरूले कमाएर घरगर्जो टार्छन । जस्को घरमा कमाउने पुरूष छैन उसको परिवारले आर्थीक अभाव भोग्नुपरेको छ । यस्ता कमजोर परिवारका बालबालिकाको लागी स्थानीय सरकारले सहयोग गरेमा सबैका बालबालिकाजस्तै ति बालबालिका पनि झोला बोकेर विध्यालय जान सक्ने उनको भनाइ छ ।
बालबालिका परिवारको सहारा विना वा न्यून आय भएका परिवारमा रहेकाले भोकमरीको जोखिममा हुन्छन् । खाद्यान्न सहयोगले उनीहरूको भोक मेटाउने र स्थायीत्व प्रदान गर्न सहयोग गर्ने सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज पाध्याय बताए ।
विशेष संरक्षणको आवश्यकता भएका बालबालिका (जस्तैः अपाङ्गता भएका, टुहुरा, असहाय, द्वन्द्व प्रभावित, सडक बालबालिका, श्रमिक बालबालिका, यौन दुव्र्यवहारको सिकार बालबालिका आदि) लाई पर्याप्त पोषणयुक्त खाना उपलब्ध गराई उनीहरूको जीवन रक्षा र स्वास्थ्यको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको सोसेक नेपालका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीले बताए । उनले थपे, खाद्यान्न सहयोगले बालबालिकालाई विद्यालय जान प्रेरणा दिन्छ र उनीहरूको उपस्थितिमा सुधार ल्याउँछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५