नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य रानालाई बधाई तथा सम्मान

दैलेख : नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य सीताकुमारी रानालाई दैलेखमा बधाई ज्ञापनसँगै सम्मान गरिएको छ । नेपाल परिवार नियोजन संघ शाखा कार्यालय दैलेखद्धारा आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य रानालाई बधाई ज्ञापनसँगै सम्मान गरिएको हो ।

शाखा कार्यालय दैलेखले आइतवार नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित रानालाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । बधाई तथा सम्मान कार्यक्रममा नेपाल परिवार नियोजन संघ शाखा कार्यालय दैलेखका पदाधिकारी तथा सदस्य र कर्मचारीहरुले दोसल्ला, खादा, माला तथा अबिर लगाएर बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए ।

नेपाल परिवार नियोजन संघको दाङमा सम्पन्न ४१ औँ केन्द्रिय सभाबाट उनि केन्द्रीय कार्य समितिमा निर्वाचित भएकी थिइन् । महिला सदस्यमा निर्वाचित रानाले सबै भन्दा बढि ३७ मत प्राप्त गरेकी थिइन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५