बिहीबार दुल्लुमा बृहत् साहित्यिक कार्यक्रम हुने

दैलेख ः जिल्लाको दुल्लु नगरपालिकामा बिहीबार बृहत् साहित्यिक कार्यक्रम हुने भएको छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३ औ जन्म जयन्ती तथा लक्ष्मी पूजाको दिन पारेर दुल्लु नगरपालिका वडा नं। ७ मा रहेको द्रोणजल क्याम्पसमा साहित्यिक कार्यक्रम हुन लागेको हो ।
दुल्लुमा लक्ष्मी पूजाको दिन पारेर हरेक वर्ष साहित्यिक कार्यक्रम हुँदै आएका छन् गएको वर्ष विश्व भर फैलिएको कोरोना भाइरसको महामारीले गर्दा कार्यक्रमा हुन नसकेको भेरी साहित्य समाज शाखा दैलेखका अध्यक्ष चन्द्र रावत‘गुराँस’ले जानकारी दिए ।
उनका अनुसार महाकवि लक्ष्मी प्रसाद देवकोटाले हरेक विधामा कलम चलाएको कारण हरेक वर्ष उनको सम्झनामा दुल्लुमा यस्ता कार्यक्रम हुँदै आएका छन् । यो वर्ष पनि उनको सम्झनमा बृहत् साहित्यिक कार्यक्रमको आयोजना गरेका छ । जिल्लामा कोभिडको दर घटेपछि कार्तिक १८ गते दुल्लुमा कार्यक्रम गर्न लागिएको हो । खुल्ला रचना वाचन र देवकोटाको तस्बिरमा माला अर्पण कार्यक्रम हुने कार्यक्रम आयोजकले जनाएको छ ।
कार्यक्रममा संस्कृतीबिध प्राध्यापक डा। राजाराम सुवेदी,साहित्यकार डा। मधुसूदन गिरी, लोक साहित्यकार नारायण प्रसाद तिमिल्सेना, साहित्यकार खगेन्द्र अधिकारी अमृत,लगायतका साहित्यकारहरूको उपस्थित रहने दुल्लु साहित्य प्रतिष्ठानका अध्यक्ष भूपेन्द्रप्रसाद उपाध्यायले खुल्ला प्रेसलाई जानकारी दिए । उनले भने साहित्यिक कार्यक्रममा विभिन्न कृति विमोचन सँगै खुल्ला रूपमा रचना वाचन गर्ने कार्यक्रम छ । बिहीबार नारायण प्रसाद तिमिल्सेनाको दैलेख लोक साहित्य, बद्रीप्रसाद लम्सालको रूप्स्या साइको नासो, छन्द कवि जागेश्वर नेपालको आस्था र मान्छेहरू विमोचन हुने छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५