मेरो के गल्ती छ आमा किन लडिरहनुपर्छ दुनियाँसंग-जंग बाेगटी

मेरो के गल्ती छ आमा किन लडिरहनुपर्छ दुनियाँसंग
हेर त छोरा के लिनुदिनु हुँदोहो फलामको खियासंग  ?

त्यही दिन तिमी टाढियौ र मेरा सब आफन्त टाढिए
जुनदिन देखि मेरो संगत छुट्यो यो पापी रुपियाँसंग

मलाई म बनाउन जिन्दगी सिकाउन माथी पुगाउन
बुबा जिवनभर लड्नुभो कुटो कोदालो हसियासंग

कम्जोरकै जीवन बर्बाद गर्ने कम्जोरलाई नै पछार्ने
किन अगाडि आएर बोल्दैनस् सरकार बलियासंग  ?

तपाइँहरु पो छाक छोड्नुहुन्छ ज्यान घटाउन भन्दै
हामीले कैयौं छाक कटाएका छौँ खाली चियासंग

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५