
मीठो मुस्कानको त अनौठो संसार हुँदोरहेछ !
मात्र एउटा मुस्कानमा अरूको हार हुँदोरहेछ !
युद्धमा जित कसैको हुँदैन रिसानी हित हुँदैन
मुस्काऊ प्रिय ! ओठमा रिस बेकार हुँदोरहेछ !
ईर्ष्याले स्वयं जलाउँछ आवेगले मन गलाउँछ
मन्द मुस्कानको महिमा अपरम्पार हुँदोरहेछ !
नभर्नु कतै मनमा विष आँखामा कुनै आरिस
खुसी नयनमा प्रेम-प्रवाह लगातार हुँदोरहेछ !
श्रृङ्गारिनु व्यर्थ रैछ जब मुहारमा द्वेश झर्दछ
केवल मुस्कान एक अमूल्य, श्रृङ्गार हुँदोरहेछ !

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १९ भाद्र २०७९, आईतवार ०८:५३