दुःख पर्दा म रुने छु आफ्नै कारणले -गजल

दुःख पर्दा म रुने छु आफ्नै कारणले
आँसुले परेलि धुने छु आफ्नै कारणले ।।

ए दुनियाँ किन मेरै पछी परिरहन्छस्
म त परिवर्तन हुने छु आफ्नै कारणले ।।

एक जना पीडितलाई सम्झाउदै थिए
मायाको जाल बुने छु आफ्नै कारणले ।।

मलाई समय त आउन देउन एक दिन
पक्कै शिखर छुने छु आफ्नै कारणले ।।

✍️ बखत बहादुर बिष्ट (बिन्दाश)
भैरबी गा.पा. २ रावतकोट,दैलेख

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५