काखको छोरो टाढियो, बुहारी आएपछी (गजल)

काखको छोरो टाढियो, बुहारी आएपछी,
स्वर्ग जस्तो घर भाँडियो, बुहारी आएपछि

तिलको दाना फोरियो, मासको दाना घोटियो
पिंढिमा किला गाढियो, बुहारी आएपछी

कति हराभरा हुन्थे, ती खेत अनि बारिहरु
खेल्ने मैदान झैँ फाँडियो, बुहारी आएपछि

पेवा भनी लगाको,आमाका कानका माडबारी
तान तुन गर्दै बाँडियो , बुहारी आएपछि

बल छौन्जेल हड्डी घोटियो यहि घरका लागि
बुढेसकालमा घरै छाडियो, बुहारी आएपछी

लेखक ः बविता विष्ट ,दैलेख 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५