कथाः भाइटिकाको साइत -चन्द्र रावत ‘गुराँस’

‘‘ए पंछी उडी जा ! चाटाक हुनुगै संचार यो भन्दिएस् ।
यो संचार भनिदिइस पनि भने लाख बर्ष सम्म जियस् ’’

कवि मोतिराम भट्टले लेखेका यि हरफहरु रुपमायाको मानसपटलमा दोहोरिएका छन् । आज तिहारको पहिलो दिन काग तिहार हो । कागलाई सन्देश वाहक मानेर मानिसले कागको पूजा गर्ने चलन थालेको उहिले बाटै हो । त्यही आस्थामा टेकेर कागलाई शुभ समचार ल्याएस । तेरो मुखमा दुधभात जाओस । मैले यसरी प्रत्येक बर्ष तेरो पूजा गरिरहन परोस् । प्रत्येक बर्ष तिहारमा मैले मेरा दाजुभाइको गलामा मखमलि पूmलको माला लगाईरहन परोस । तँैले लाखबर्ष वाँचीरहन परोस् । यस्तै-यस्तै शब्द उच्चारण सहित रुपमायाले कागको पूजा गरिन् । आफ्ना दाजुभाइलाई भाइटिकाको सबै बन्दोवस्त भइसकेको छ,‘साइतमै आएर वहिनीको हातवाट माला पहिरहनु भनेर संदेसवाहक पंछिसंग खवर पठाइन् । आजको यस प्रविधिको यूगमा एउटा अमुक पंछि संग सहयोग माग्नुपर्ने रुपमायाको वाध्यता, साहस वा विश्वास खै के हो ?
हरिदत्तले रुपमायालाई श्रीमानले गर्नु पर्ने भूमिकामा केही कमी गरेको छैन ।

हुनात यो प्रेम विवाह बाट नै झाँगीएको सम्बन्धको वैवाहिक गाँठो हो । ऊ श्रीमतीलाई माया गर्छ । प्रेमको शुभ चाँदनी र कलिलो घामको न्यानो पनर्मा मुना र मदन’ जस्तै प्रेमलाई जीवित राख्न चाहन्छ । रोगलाई कुनै माया र सद्भाव हुदैन । विवाह गरेको २ वर्षमै रुपमायालाई पनि दिर्घ रोगले छोइहाल्यो । डाक्टरको रिपोट अनुसार उनलाई क्यान्सर भएछ । सधँैभरी औषधी खाइरहनुपर्दछ । ६÷६ महिनामा चेक जाँच गरेर औषधी खाइरहनुपर्दछ ।
धेरैले भन्छन यो डरलाग्दो रोग हो । यसले त ज्यानै लिहाल्छ । कसैले भन्छन् –‘यो रोग त यमराजको भाइ हो । यसले त ज्यान पनि लिन्छ पैसा पनि लिन्छ । अरुका यि कुरा सुनेर उनीहरुको आङ सिरिङ हुन्छ । थरथर शरीर काम्छ । उनीहरुको मन देउराली डाँडाको बेताले बताँस झै मडारिन्छ । भदौरे खोलाहरुले बाटो छोडेझै मनको आवेगले पनि बाटो छोड्छ । हरिदत्त दिग्दार हुन्छ । मान्छेहरु पनि कस्ता छन् । विरामीको सामुन्य आएर यस्ता मनोवल घट्ने कुराहरु किन गर्छन् ? ऊ आफै सम्झाउने प्रयास गर्छ । यो संसारमा प्रेत्यक दिन,प्रेत्यक घण्टा, प्रेत्यक क्षण कोहि न कोहि मानिसहरु मरिरहेका हुन्छन् । हस्पिटलका बेडहरुमा प्रेत्यक दिन संगैका विरामीहरु मर्दा अर्को विरामी भर्ना हुदै गर्छन् । त्यो पनि देखेरै आयौँ । कोही रुखवाट खसेर मर्छ । कोही गाडी दुर्घटनामा परेर मर्छ ।

त्यसैले मर्नाका लागि डराउनु हुदैन । आयु सकिएमा त्यो मानिस अवस्य मर्छ । उपचार पद्धतीवाट पनि कैयाँै मानिसले नयाँ जीवन पाएका छन् । नियमीत औषधी खाँदा तिमीलाइ पहिलेको भन्दा अहिले धेरै सञ्चो भइसकेको छ । त्यसैले चिन्ता गर्नु भन्दा धेरै खुसी रहनु ।ऊ रुपमालाई सम्झाउँछ ।
आज रुपमाया खुसी भएको देखेर हरिदत्त पनि खुसी छ । रुपमायाले नराम्रो अनुहार लगाएमा उसको मन च्वास्स हुन्छ । विरामी भएदेखि यता ऊ रुपमायालाइ धेरै काम गर्न दिदैन । सवैजसो काम ऊ आफैले गर्दछ ।
केहि काम बाँकी छ की ? प्रश्न गर्छ ।
घरतिरको केहि काम बाँकी छैन । रुपमायाँले उत्तर दिइन ।
बजारवाट केहि सामान किनेर ल्याउनु छ भने भन है ।
भाइटिकाको समान र केहि कपडाहरु ल्याउन बाँकी छ ।
त्यसो भए कान्छो, तमी र म भोली बजार जाउँला । चाहिको समान पनि ल्याउला । रमाइलो मेला हेरेर आउला हुन्न र ?
रुपमायाले हुन्छ भनेर सहमति जनाइन । हरिदत्तले फेरी उत्सुक्ता पुर्ण प्रश्न ग¥यो । यो वर्ष तिमि भाइहरुलाई माला लगाउन माइत तिर जान्छ्यौकी यतै बोलाउछ्यौ ?
डाँडाघरकी फुपु भोली नै बाह्रकुने जानुहुनेछ ।
एउटा चिठी लेखेर आज नै पठाउँछु अनि भाइहरुलाई यतै बोलाउँछु ।
रुपमायाँ उठेर भित्र गई एउटा लेखिएको चिठी हरिदत्तको हातमा राखिदिन्छिन् —“ ल हेर्नुहोस यहि हो भाइटिकाको निम्ता पत्र ।”
हरिदत्तले चिठीका प्रत्येक लाइन पढ्यो ।
आदरणीय ठुलो दाजु र माइला दाजुलाई नमस्कार ।
मेरा आँखाको नानी जस्तै प्यारा भाइहरु साइँलो ,काइँलो र कान्छालाई समुद्र भन्दा गहिरो माया छ । भाउजूलाई नमस्कार छ ।
म सानो छँदा मेरा दाजुहरुले पढाउनुभयो लेखाउनुभयो र हुर्काउनुभयो । दाजुहरुले जस्तै मैले आफुभन्दा पछिका भाइहरुको गुहु मुत पुछ े। सिगान पुछें । नुहाइदिएँ, लुगा धोईदिए खाना खुवाएँ र अक्षरहरु चिनाए । हामीेहरु बा—आमा कामबाट नआउनजेल सम्म घरमा भोकै बस्थ्यौ । माटा र ढुङगाका घरकुटी बनाएर खेल्थ्यौ । विद्यालयमा हामी ६ भाइबहिनी मिलेर पढेको देखेर सरहरु धेरै खुसी हुनुहुन्थ्यो । हामीले कहिल्यै झगडा गरेनौ । एउटा रोटि ६ जनाले बाँडेर खान्थ्यौ ।

हाम्रोघरलाई पनि गरिवीले थिचेको थियो । हाम्रो चुलोमा भात पाकेपछि हामीलाई तिहारै आएजस्तो हुन्थ्यो । वुवा आमाले यो संसार छोडेपछि मैले स्कुल जान पाएन । मेरो पढाइ रोकियो । बल्ल तल्ल ठुलो दाजुको जागिरले गर्दा हामिले एकजोर कपडा फेर्न पायाँै । समय यसरी फेरीदै जाँदा हामी पनि फेरीदै गयाँै । आ-आफ्नो घरजम गरेर जहाँ बसेपनि हामी भाइवहिनीको माया पहिलेको भन्दा केहि घटेको छैन । धेरै वर्ष पछि यो पटक मेरो घरमा तिहारले पाइला टेकेको छ । यो पटकको तिहारमा हजुरले मेरो दैलोमा आई माला ग्रहण गरि भाइवहिनीको माया ममतालाई जीवन्त राख्न सहयोग गरिदीनुहोला भन्दै यो निम्ता पत्र पठाएकी छु ।

उही
रुपमाया

उसले चिठी पढ्यो । दोहो¥याएर पढ्यो । सोच्यो,–छोरी वहिनीका लागि माइतीको आगन प्रिय भूमी हो । मेरी दिदीले पनि यसरी नै आप्नो भाइलाई माला लगाउन मन चङ्गा बनाएकी होलिन् भन्ने कुरा उसले यसै चिठीको भावबाट रुपान्तरण ग¥यो । एकै छिनमा दिदीलाई फोन गरेर आप्नो कौतुहलता मेटाउन खोज्यो ।
हेलो
हँ दिदी के छ खवर ?
ठिकै छ वावु ।
माला लगाउन यस्तै आउनु हुन्छकी ? हामी त्यतै आउँ ?
चिन्ता नगर म भाइटिकाको अघिल्लो दिनमै आइहाल्छु ।
उसको मन खुसी भयो । कान्छालाई बोलाएर भन्छ –ए कान्छा यो वर्ष भाइटिकाको दिनमा हामीलाई माला लगाउन दिदी यतै आउनुहुन्छ अनि तेरी भाउजुले पनि माइत जान नपर्ला जस्तो छ । चिठी लेखेर पठइसकेकी छन् । रुपमायाका भाइहरु पनि यतै आउने अनि हाम्री दिदी पनि यतैतिर आउने । पाउनाहरुको स्वागत गर्न हामीले केहि कुराको कमि गर्नुहुन्न । उसको कुरामा उसकी श्रीमती र भाइ सहमत भए ।
काग तिहारको भोलिपल्ट कुकुर पूजा गरेर बजारतिर जान्छन् उनीहरु । तिहार साच्चिकै आएछ । दुई वर्षको बच्चालाई काखमा च्यापेर रुपमाया,कान्छो र हरिदत्त ,यि चारै जनाले बजारका राम्रा–राम्रा ठाउँहरु घुमे । चाहिने सामान किने । सानो बच्चालाई पनि नयाँ कपडा किनेर लगाइदिए । कान्छो पनि खुसी भयो । कान्छो एस.एल.सी पास गरको केटा हो ।

घरको परिस्थिति बिग्रदै गएकाले अगाडी पढ्न नसकेर थन्कियो विचरा ! अविरल चोटहरुले घरको आर्थिक अवस्था कम्जोर भएको कुरा उसलाई थाहा थियो । उसले बजारको सवैभन्दा सस्तो खाले सट पाइन्ट छान्यो । आर्थिक अवस्थामा कान्छोले गरेको संकेततात्मक सहयोगलाई हरिदत्त र रुपमायाले हार्दिक धन्यवाद दिए । तर सवैलाई एक –एक जोर राम्रो खाले कपडा किन्नलाई पुग्ने पैशाको बन्दोबस्त भएकाले सस्तो खाले नराम्रो कपडा भन्दा राम्रो र बलियो खाले कपडा किनौ भन्ने सल्लाह भयो । यो पटक सवैलाई रुपमायाले कपडा छानिदिइन् । तिहारको सवै सामान टिका ,माला, नरिवल , सुपारी, ल्वाङ, सुङमेल,काजु किसमिस,खाने कुरा सवै समान लिएर उनीहरु खुसीका प्वाँख फैलाउदै घरतिर लागे ।
लक्ष्मी पूजाको दिन घरमा दिप वत्ति वालेर उनिहरुले लक्ष्मीको पूजा गरे । घर झिलिमिली भयो । दिपावलीमा जसरी बत्तिको उज्यालोले कालो अँध्यरो रातलाई झलमल्ल बनाएको छ त्यसरी नै उनिहरुको मन उज्यालो भएको छ । गत वर्ष तिहारको बेला रुपमाया भारतको लखनउमा गान्धी मेमोरियल क्यान्सर अस्पतालमा विरामि भएर भर्ना गरिएकी थिइन् ।

हरिदत्त उतै श्रीमतीको उपचारमा रन्थनिएको थियो । कान्छोले घरतिरको जग्गा जमिन र पश्ुाचौपया बेच्दै ,कसैसंग ऋण सापट गर्दै भाउजुको उपचारका लागी लखनउ पठाउथ्यो । कैयाँै सम्पति सकियो । भाद्र देखि पौष सम्म उपचार गरेपछि रुपमायालाई केही सञ्चो भयो । अस्पतालले ६÷६महिनापछि चेक जाँच गर्न आउनु भन्दै उनीहरुलाई डिस्चार्ज ग¥यो । नयाँ जीवन पाएकोले हरिदत्त र रुपमायाले भारत माताको जय ,जयकार गर्दै आप्नो जन्मभूमी तर्फ फर्किए । कुल देवतालाई ध्वजा चढाए । ती दिनहरु सम्झिदा अहिले पनि उनीहरुको मन हजार काँडाले घोचे झै हुन्छ ।

त्यति मात्र होइन त्यो भन्दा अघिल्लो बर्ष हरिदत्तका वुवा परलोक भए । वुवा मरेको अघिल्लो बर्ष आमाले संसार छोडिन । आमा वितेको अघिल्लो वर्ष हरिदत्तले भारतको मुम्वइमा आमाको उपचारमा कैयौ पैसा बगायो । उपचार गर्दा तिर्न नसकेको पैसाले मुम्वैको एक कत्था फ्याक्ट्रीमा कामगर्दै उतै तिहार मनायो । लगातार ५ वर्ष सम्म उनीहरुले सन्तोषको श्वास फेर्न पाएनन् ।
दिन गन्दा गन्दै तिहारको चौथो दिन गोवद्र्धन पूजा आइहालो गाउँमा तिहारको रमझम निक्कै मच्चियको छ । उनीहरुले घर आगन र अली पर बाटो सम्म सफा गरे । देउसी भैलो खेल्नेहरु आ–आप्नो समुहमा हिडेका छन् । जुवाडेहरुको एक समुह पुजारि बाजेको आगनमा छ । जुवाडेहरुको अर्को समुह ठकुरीको पसलमा छ । मुखियाको घरको आगनमा,कार्यालयका हाकिमहरु समेत आएर कौडा र पासा खेलेको हर्दा साह्रै रमाइलो भएको छ । बागदुलाको चौरमा लिङगे पिङ खेल्नेहरुको उतिकै भिड छ । हेड सरको घर मास्थिर डाँडामा हालेको पिङ खेल्न पनि त्यतिकै मान्छे जम्मा हुन्छन् । घर भित्र गुम्सिएर कोहि बसेका छैनन् ।

बारीको डिलमा फुलेका फुलहरु मच्चि–मच्चि हाँसेका छन् । बरिमा छरेका गाैँ र जाैँका टुसाहरु उम्रिएका छन् । उता खेतका आलीहरुमा धानका बालाहरु लटरम्म झुलेका छन् । जताततै शरद ऋतुको मगमगाउँदो बैँस पोखिरहेको छ । घामका सप्तरंगी किरणहरु पूmलका गुच्छाहरुमा पर्दा पूmलहरु विजूली झै चम्किएका छन् ।
लाग्छ जीवनमा गति ,यति र लयका धारहरु सुल्टा भएका छन् । त्यसैले हावा पनि सुल्टै बहेको छ । कान्छो आफ्ना मन मिल्ने साथीहरु सँग देउसी खेल्न गयो । रुपमाया बारीका डिलमा पूलेका फुलका गुच्चाहरु टिप्दै माला गास्न थालिन् । रुपमाया माला गास्दै आफ्ना भाइहरुको अनुहार सम्झिन्छन् र्। यो जेठा दाजुको माला हो । यो माइला दाजुको माला हो । यो साइला भाइको माला हो । यो काइला भाइको माला हो । यो हजारी पूmलको माला कान्छा भाइलाई लगाउनुपर्ला । कान्छो त अहिले ठुलो भइसक्यो होला ।

गोरो–गोरो, बाटुलो अनुहार लगाएको कस्तो राम्रो थियो मेरो भाइ ।’ त्यती बेला सानैमा बावुआमा मरेकाले अरुलाई भन्दा कान्छालाई रुपमायाले अझ बढि माया गर्छिन् । दाजुभाइले पनि उसलाई कहिल्यै रिसाएनन् ,गालि गरेनन् । कोरियामा डाक्टर पढेर आइसके पछि आफ्नो कान्छो भाइ भेट्न नआएकोले रुपमाया आफ्नो भाई प्रति अलिकति दुख हुन्छिन् ।
उनी प्रेम विवाह गरेर आएकोले सामाजिक विघि–विधान नपु¥याइ माइतीको आगनीमा गएकी छैनन् । कहिल्यै माइततिर जुठो पर्ने कहिले पोइली घरतर्पm जुठो पर्ने,कहिल्यै आफु विरामी पर्ने, यि विविध कारणले ५÷६ वर्ष सम्म तिहार मान्न नपाएकी रुपमायाले माला गास्दै प्रत्येक थुँगामा मायाका निर्मल छिटाहरु टल्किरहेको देखिन्छन् ।
बच्चा खेलाउदै माला बुन्दै गरेकी रुपमायाँलाई देखेर हरिदत्त दंदास परेको छ । सोच्छ –घरको शोभा त आइमाई नै हुन् । जुन घरमा नारीको बास छैन त्यो घरमा पुरुष हरु पनि मान्छे भएर बाच्दैनन् । महिलाहरु बिनाको घर, घर हुदैन । यो कुरा अल्वट आएन्सटाइनको सापेक्षताको सिद्धान्त भन्दा कम ठान्दैन ऊ ।
कति वटा माला बुन्यौ हँ ? माला बुन्दै र गन्दै गरेकी श्रीमती संग उसले प्रश्न ग¥यो । पाँचवटै माला वुनिसके । सबैमालालाई एउटा डण्डीमा झुन्ड्याउदै उनले उत्तर दिइन । आहा कति राम्रा माला बुनिछौ । ऊ मालाहरु गन्दै खुसीका शक्दहरु पोख्दछ । काग तिहार,कुकुर तिहार,लक्ष्मी पुजा,गोर्वधन पूजा गरी तिहारका ४ दिन सकिए आजतिहारको पाँचौ दिन भाइटिकाको दिन हो । यो वर्ष भाइटिकाको साइत एघार वजेर पच्चिस मिनेटमा छ ।
भाइटिकाको लागि सबै तयार भइसकेको छ । टिका ,माला, र खानेकुराका सबै परिकार सहित दक्षिणा दिने पैसाको समेत व्यवस्था गरिएको छ । विहान ६ बजेर ५५ मिनेटमा सूर्यको किरणले पृथ्वीलाई स्पर्स गरे । ८ बजेसम्म उनीहरुले नुहाइसके । नौ बज्यो अहिले सम्म कोही आइपुगेनन् । भाइटिकाको अघिल्लो दिनमा आउँछु भन्ने हरिदत्तकी दिदी पनि आइपुगेकी छैनन् । को कतिखेर आउँछ भनि उनिहरु वाटो हेरिरहन्छन् । १० बज्यो टिकाको साइत आउन अव १ घण्टा मात्र बाँकी छ ।

घरको बार्दलिबाट रुपमायाले यताउता हेर्छिन् । ११ वजेर २५ मिनेटको टिकाको साइत सम्म कोहि आएन । माला नलगाउन्जेल कसैले पनि खान नमिल्ने भएकाले उनीहरुले पनि खाएका छैनन् । वल्लो पल्लो घरका गलामा माला र निधारमा सप्तरंगी टिका लगाएर घर भन्दा बाहिर निस्किरहेका थिए । फोन गर्छ –तर फोन पनि लागिरहेको छैन । तपइले सम्पर्क गर्न खोज्नुभयको मोवाइल स्विच अफ गरिएको छ । तपाइले डाइल गर्नु भएको नम्वर अहिले सम्पर्क हुन सकेन । संचारको माध्यममा सस्तो लोकप्रिय लिएको मोवाइल सेवाले पनि यि शबदहरु दोहो¥याइरहयो । हिजो नै आउँछु भनेकी दिदि अहिले सम्म पनि आउनुभएनत ? नरमाइलो स्वरमा रुपमाया तर्फ फर्केर हरिदत्तले भन्यो ।
मेरो माइतीबाट पनि कोही आएनन् । उस्तै दुःख निरास हुदै रुपमायाले भनिनन् ।
हरिदत्त घरभन्दा माथिको दोबाटो सस्म गयो । कोही आएकी भनेर हे¥यो । रुपमाया घरी वार्दलिबाट त घरी बुइगलका झ्यालबाट हेर्न थालिन् । बाटामा कोहि मान्छे आयो भने आफ्नै भाइ वा दाजुमध्ये कोही आयोकी भनेर सोच्थिन् । तर ऊ अर्कोतिर मोडीएर जान्थ्यो । हरिदत्त पनि बेकार भयो भन्दै कपाल कन्याउँदै के गर्ने के नगर्ने मोडमा पुनः घर फक्र्यो । यतिकैमा एउटी १५ ÷१६ वर्षकी केटीले हातमा कागजको चिर्को ल्याएर आई । अनि यो हजुरका माइतवाट पठाएको चिठी हो भन्दै रुपमायाको हातमा राखिदिई । कसले पठाएको हो ? रुपमायाले आस्चर्यकित भएर सोधिन ।र्
हजुरका दाजुले ।’ छोटो जबाफ दिएर केटी आफ्नो बाटो लागि । अनि रुपमायाले फटाफट चिठीका अक्षरहरुमा आँखा लगाईन् ।
रुपमाया…..,
तँलाई हामीले बहिनीको लिष्ट बाट हटाईसकेका छाैँ । तैँले पनि हामीलाई दाजुभाई छन् नभन्नु । तँैले पठाएको तिहारको निम्ता पत्र हामिले नपढेरै फिर्ता गरिदिइका छाैँ । आफु खुसी पानी पनि नचल्ने जातको केटासँग विहे गरेर तैले हाम्रो नाक काटिहालिस । त्यसैले हामी तेरो घरमा माला लगाउन आउन सक्दैनौ । तँ पनि हाम्रो घरमा आएर बेइज्यत गर्न नखोजेस् ।

गोविन्द्र खड्का
बाह्रकुने

रुपमायाको हातबाट कागजको टुक्रा फ्यात्त भूँइमा खस्यो । उनको अनुहारमा चन्द्रग्रहण लाग्यो । चिठी सँगै आएको बादलले पुरै अन्धकारमय बनायो ।
रुपामया कोठा भित्र गईन ।
हरिदत्तले पनि के लेखेको रहेछ भनेर चिठीका लाइनहरुमा आँखा लगायो । उ दंग भयो । कालले जुठो हालेकी आफ्नी वहिनीलाई पानि नचल्ने जातको केटासंग विहे गरि भनेर के घमण्ड लिने खोजेका हुन । तिनीले पनि आफु खड्का भएर मगरकी छोरी विवाह गरेका छन् । आखिरमा मेरा वुवा पनि खत्रीकै छोरा हुन । वुवाले सार्किको छोरी विवाह गरेर पो हामी विटालु भयौँ । हाम्रा वाजे खत्री ,मामा सार्कि हुन । ठिकै छ ,अवको दश बर्षमा तिनका छोराछोरीले र नाति नातिनीले कस्ता कस्ताका छोराछोरी सँग विवाह गर्छन । त्योवेला पानि चल्ने र नचल्ने जात हुन्छकी कि हुदैन, हामी पनि हेरौँला ।

ऊ दिमागमा यस्तै कुराहरु खेलाइरहेको थियो । रुपमाया जोडसँग घ्वाँक–घ्वाँक रोइको आवाजले ऊ अझै दुःखित भयो । ‘अर्को पटक वाँचिन्छ मरिन्छ । योपटक त गाउँमै तिहार मानिन्छ ’ रेडियोले यस्तै भन्छ । देउसी भैलो खेल्नेहरुले पनि यस्तै भन्छन । आएको तिहार फुत्किनु नरमाइलो त त्यसै पनि भयो । जवानी नआएरै बुढिनु परेको यस नरमाइलो क्षणमा शरीरभरी क्यान्सरका बिउहरु फेरी उम्रिन्छन् । अर्थात ब्लड क्यान्सरको आर्कमणमा परेकी बहिनी माथि खड्का परिवारका दाजुभाइले गरेको जातजातीको राजनिति पटक्कै ठिक लागेन । उसको मनमा अनेकौ कुराहरु पिङ मच्चिए झै मच्चिन्छन् । रुपमायालाई के भनेर सम्झाउँ भन्दै अक्क न मक्क परिरहन्छ । यत्तिकैमा मोवाइलमा कसैको फोन आएर लामै घन्टि बज्यो कसको फोन आयो होला भनेर ऊ हत्तपत्त फोन उठाउँछ । फोनमा उसैकी दिदी बोलिरहेकी थिइन् ।
हेलो…… हँ दिदि । अहिलेसम्म किन आउनुभएन ?
के गरौ बावु ,यो पटक म तिमीलाई माला लगाउन पाउँदैन । भगवान दाइना भया भने अर्को वर्ष लगाउँला ।
उ शोकाकुल भएर सोध्छ के भयोर ?
हिजो दिउसो १२ बजे भ¥याङबाट खसेर तेरो भिनाजुको ढाड भाचियो उहाँ बेहोस हुनुभयो । हामीले तत्कालै एम्बुलेन्स बोलाएर नेपालगञ्ज ल्याएका छाैँ । उहाँको बल्ल होस आएको छ । थप उपचार आइ .सि.यू.मा राखेर गर्नु पर्छ अरे । डाक्टरको रिपोट आएमा म तिमीलाई फोन गरिहाल्छु ।
फोनमा कुरा बन्द भयो मोवाइलमा टुँ ,टुँ,,टुँ आवाज आयो । गहिरो पींडा मुछिएकी दिदीको आवाज नजिकै बसेको कान्छोले पनि सुनेको थियो । ती दुवै भाई पम्पुरोमा हातराखेर बसे । फुलवारीका सवैफूलहरु तत्काल ओइलाए । हरिदत्तको परिवारमा कसैको मन शान्त भएन । ऊ जुवा हारेको जुवाडी झैँ भयो ।

चन्द्र रावत ‘गुराँस’
दुल्लू नगरपालिका ७, दैलेख

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५