विद्यार्थी र शिक्षकका लागि माक्स तथा सेनिटाइजर वितरण

दैलेखः ठाटीकाँध गाउपालिकामा रहेका ३९ वटा विद्यालय र ३ वटा वालविकास केन्द्रमा अध्ययनरत ७ हजार ८ सय २८ जना बालवालिका तथा शिक्षकका लागि माक्स र सेनिटाइजर बितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले ठाटीकाँध गाउँपालिका दैलेखमा सञ्चालित गुणस्तरीय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन सहयोग परियोजना (सहकार्य) परियोजनाले ३२ हजार माक्स तथा ६५० बोतल सेनिटाइजर वितरण गरिएकोे हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हिरासिंह थापाको अध्यक्षतामा तथा वडा नं. १ का वडा अध्यक्ष नर्तम बहादुर बुढाको प्रमुख आथित्यता, ठाटीकाँध गाउँपालिकाका कार्यक्रम संयोजक कृपाराम थापा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापा र प्रहरी चौकीका इन्चार्ज असई थम प्रसाद ढकाल लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी समेतको उपस्थिति रहेको थियो भने संस्थाका उपाध्यक्ष मन्जु खड्काले स्वागत गरेकी थिइन् ।
ठाटीकाँध गाउँपालिकाका कार्यक्रम संयोजक कृपाराम थापाले सामाजिक सेवा केन्द्रले कोभिडको महामारीमा लामो समय विद्यालय बन्द पश्चात पुन: सञ्चालन हुदै गर्दा सुरक्षाका उपाय अन्र्तरगत माक्स तथा सेनिटाईजर वितरण गर्नु स्वागत योग्य रहेको कुरा बताएका छन् ।
शिक्षा तथा युवा शाखा प्रमुख नेत्र थापाले विद्यालयमा बालबालिकाका लागि वितरण गरीएकाले अनिवार्य रुपमा बालबालिकालाई वितरण गरी प्रयोग गर्न र सुरक्षाका उपाय अपनाएर नेपाल सरकारको निर्णय अनुसारका मापदण्ड अपानाई विद्यालय सञ्चालन गर्न सबै विद्यालयहरुलाई अनुरोध गरे ।
कार्यक्रममा प्रमुख अथिति बुढाले सबै विद्यालयलाई विद्यालय सञ्चालन पूर्व स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्नु स्वागत योग्य काम रहेका बताउँदै सामाजिक सेवा केन्द्रको सुशासन नीति अनुसारको काम गर्ने शैली समेत राम्रो भएको बताए । कार्यक्रममा अध्यक्ष हिरासिंह थापाले सामाजिक सेवा केन्द्रको सबै क्रियाकलापमा गुनासो सुझाब भएमा टोल फ्रि नं. मा सम्पर्क गर्न तथा महिला बालवालिका लागि बाल हेल्पलाइन १०९८ मा सम्र्पक गर्न तथा निःशुल्क कानुनि सल्लाह लिन समेत गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५