विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम हुने

यस अघिकाे कार्यक्रममा प्रस्तुतीकरण गर्दै अायुर्वेद स्वास्थ्य केन्द्र दैलेखमा कार्यरत कविराज नन्दा शाही

दैलेख ः माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गर्ने भएको छ ।
जिल्लामा रहेका माध्यामिक विद्यालयमा अध्यनरत ९ र १० का विद्यार्थीहरुलाई आयुर्वेद तथा गोग शिक्षा सम्वन्धि ज्ञान दिने उद्देश्यले करीव २ सय ४० जनालाई समेटिने कार्यक्रम रहेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ । संंघ सरकार र प्र्रदेश सरकारको विद्यालयमा आयुर्वेद शिक्षा कार्यक्रम रहेकोले सो अनुसार हाललाई जिल्ला भित्रका ३ वटा विद्यालयमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार विद्यार्थीलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली बारेमा शिक्षा दिइने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५