दैलेख ः ‘नियत सुधार गर्ने हो भने भ्रष्टाचार कम हुन्छ ।’ यो भनाइ बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको उपलक्षमा भएको कार्यक्रमका सहभागीहरूको हो ।
दैलेखमा ‘भ्रष्टाचार विरुद्धको अभियान, हाम्रो अधिकार हाम्रो भूमिका’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा कार्यक्रम गरिएको छ । भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै नियत सुधार गर्न सके भ्रष्टाचार पनि कम हुने धारण सहभागीहरूको थियो ।
पछिल्लो समयमा दैलेख जिल्लामा भ्रष्टाचार बढ्दै गएको विभिन्न तथ्याङ्क सार्वजनिक भइरहेको बेला भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताएका छन् ।
कार्यक्रममा आफ्नो धारण राख्ने प्रायको आवाज थियो नियत सफा गरे भ्रष्टाचार कम हुन्छ । कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यवहार मा लागु गर्नुपर्ने बताए । राजनीतिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरू भ्रष्टाचार गर्ने गरेको बताउँदै उनले यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ दैलेखको समन्वय, सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहिता परियोजना दैलेख सहजीकरण÷ सहयोग र जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का तथा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाको उसस्थिती रहेको थियो ।




खुल्ला प्रेस । २३ मंसिर २०७८, बिहीबार २२:००