हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दैलेखः दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।ठाटिकाँध गाँउपालिका–४ की २९ वर्षीया झुप्री शाहीलाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

सोमबार बिहान देखि नै सुत्केरी व्यथा लागेर गाउँपालिकामा रहेको स्थानिय स्वास्थ्य चौकीमा भर्ना भएकी शाहीको पहिलो बच्चा जन्मे पनि पेटमा अर्को बच्चा भएकाले सुत्केरी शाहीको उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको ठाटिकाँध गाँउपालिका -४ का वडा अध्यक्ष रमेश बहादुर सिजापतिले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी शाहीको उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेपछि शाहीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५