बेवारिसे भेटिएकी बालिकालाई पोषण पुर्नस्थापना केन्द्रमा राख्न मानेन

दैलेख : दैलेखमा एक बालिका वेवारिसे अवस्थामा फेला परिन् । कुपोषितले ग्रस्त ती बालिकालाई स्वास्थ्य सेवा कार्यालय दैलेख/दैलेख अस्पतालले पोषण पुर्नस्थापना केन्द्रमा राख्न नमान्दा उनले उपचार पाउन सकेकी छैनन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मीले वेवारिशे र हेरचाहा गर्ने अभिभावक नभएका कुपोषित बालबालिकालाई पोषण पुर्नस्थापना केन्द्रमा राख्न नसकिने बताए । ‘हाम्रोमा त्यस्ता बालबालिकालाई हेरचाहा गर्ने कर्मचारी हुनुहुन्न,’ रेग्मीले भने ।
बालिकालाई पोषण पुर्नस्थापना केन्द्रमा राखेर उपचार गर्न दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्देशन दिएपनि स्वास्थ्य सेवा कार्यालय दैलेख/दैलेख अस्पतालले पोषण केन्द्रमा राख्न मानेन् ।

प्रमुख जिल्ला अधिकारी प्याकुरेलको निर्देशनपछि बालिकालाई लिएर गएका बाल हेल्पलाइन १०९८ का बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले भने ‘स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मीले बालिकालाई हेरचाहा गर्ने अभिभावक (कुरुवा) नभएसम्म राख्न नसकिने र हेरचाहा गर्ने व्यक्ति भएमात्र राख्न सकिने बताएपछि फर्काएर ल्यायौँ ।’ उनलाई अहिले सोसेक नेपालद्धारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएको छ । ज्वाला संदेशबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५