सार्वजनिक बिदाको दिन चलाएका सरकारी गाडिमा कढाई

दैलेखः सार्वजनिक बिदाको दिन चलाइएका सरकारी गाडामा प्रहरीले कढाई गरेको छ । सार्वजनिक बिदाको दिन चलाइएका सरकारी सवारी साधन दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारी सवारी साधन नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । उनका अनुसार सरकारले दुई दिन सार्वजीक बिदा दिइसकेको छ ।
सरकारी गाडिको प्रयोग कम गर्नको लागि सरकारले दुई दिन बिदा दिए पनि दैलेखमा सार्वजनिक बिदाको दिन सरकारी गाडि प्रयोग भई रहेका बेला चेकजाँचमा कढाई गर्दा सरकारी गाडी भेटिएकोले नियन्त्रण्मा लिएको हो ।
शनिबार र आइतबार गरी नौमूले गाउँपालिकाको क.प्र.०२–००२ झ ८५, सिँचाई कार्यालय दैलेखको क.प्र.०२–००२ झ ००३० र डुंगेश्वर गाउँपालिकाको भे १ ब १३१७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५