कोलकाताले राजस्थान ८६ रनले हरायाे

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले ।

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए । जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । काेलकाता प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५