भगवतीमाई तिनमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

भगवतीमाई गाउँपालिका वडा नम्बर ३ को आयोजना र खेलकुद विकास समिति भगवतिमाई गाउँपालिका वडा नम्बर ३ को सहजिकरणमा असोज १५,१६र१७ गते  भलिबल प्रतियोगिता हुन लागेको भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडा सचिव ज्वाला रेग्मीले जानकारी दिएकी छन् ।

रेग्मीले दिएको जानकारी अनुसार वडाको आयोजनामा हुन लागेको तिन दिनसम्म चल्ने प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ नगद कप, मेडल र प्रमाणपत्र, दितिय पुरस्कार २० हजार रुपैयाँ नगद कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार १५ हजार नगद कप, मेडल र प्रमाणपत्र रहेको वडा कार्यालयले जानकारी दिएको छ ।

भगवतीमाई गाउँपालिका भित्रका ७ वटा वडाहरूबाट खेलाडीहरु सहभागी हुने छन् । सहभागी खेलाडीहरूले टिम दर्ता गर्दा २ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५