प्रथम फुटबल प्रतियोगिताकाे उपाधि जगनाथलाई

दैलेख :  भगवतिमाई गाउँपालिकामा सञ्चालन भएको  वडा स्तरीय फुटबल (७–ए साइड)  प्रतियोगिताको  उपाधि जगनाथले हात पारेको छ ।

बिहीबार भएको खेलमा मेहेल्तोलीलाई ३–० ले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हाे । जगनाथले खेलको पहिलो हाफमा नै २ गोलको अग्रता लिएको थियो । दोस्रो खेलमा मेहेल्तोलीलाई थप एक गोल गरेको थियो । वडा  स्तरीय फुटबल प्रतियोगितामा विजेता भएको जगनाथले  ३० हजार रुपैयाँ नगद ट्रफी, प्रमाण पत्र, मेडल  प्राप्त गरेको छ भने  उप विजेता मेहेल्तोलीले १५ हजार रुपैयाँ नगद  ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट  खेलाडी जगनाथका उत्सव थापा बनेका छन् । उनलाई नगद एक हजार पाँच सय प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।

फुटबल प्रतियोगिताको समापन  कार्यक्रममा बोल्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले प्रतियोगिता समापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र आयोजकलाई धन्यवाद दिए । उनले आगामी दिनमा  जिल्ला तथा प्रदेशमा हुने फुटबल प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष मिना खड्काले विजेता र उप विजेता दुवै समूहलाई खेल जीवनको प्रगतिको कामना गर्दै आगामी दिनमा समेत खेलको निरन्तरता दिन आग्रह गरिन । उनले गाउँपालिकाले समेत आगामी दिनमा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता गर्न सहयोग गर्ने बत्ताइन ।

भगवतीमाई खेलकुद विकास समितिका अध्यक्ष शमशेर बहादुर खड्काले स्थानीय तह निर्माण भए देखी गाउँपालिकामा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताउँदै पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गरी सफल रूपमा सम्पन्न भएको बताए । उनले भगवतीमाई गाउँपालिकालाई खेलाडी उत्पादन गर्ने हवको रूपमा विकास गर्नका लागी आवश्यक पर्ने संरचना निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५