काठमाडौंः क्रिकेटलाई सम्भावनाको खेल पनि भनिन्छ । यसको अर्थ क्रिकेट त्यस्तो खेल हो जहाँ असम्भव केहि छैन । सन् २०१८ मा नेपालले क्यानडालाई पराजित गरी एकदिवसीय मान्यता पाउँदाको क्षण यसको उत्कृष्ट उदाहरण थियो । यस्ता धेरै खेलहरुमा अविश्वसनीय प्रदर्शन गरेरै नेपाल क्रिकेटले यहाँसम्मको यात्रा तय गरेको हो ।
सन् २०१३ को नोभेम्बरमा केन्यामाथि १८३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालको प्रदर्शन आश्चर्यजनक थियो । शरद भेषावकरले अन्तिम ओभरमा ३ छक्कासहित २० रन जोडेर सम्भव बनाएको त्यो जितले नेपाल ऐतिहासिक टी–२० विश्वकपमा छानियो ।
नेपालले टी–२० मा त्यस समयसम्मको सर्वाधिक लक्ष्य पूरा गरेको थियो । कप्तान पारस खड्का र सुवास खकुरेलको अर्धशतक योगदानमा नेपालले २ बल अगावै ६ विकेटको जित हातपारेको थियो । जसले केन्याका राकेप पटेलको शतक छायामा पारेको थियो ।




खुल्ला प्रेस । १७ भाद्र २०७९, शुक्रबार ०७:४६