दैलेखः दैलेखको दुल्लुमा भएको अन्तर जिल्ला माविस्तरिय भलिबल प्रतियोगिताको उपाधि भगवती मावि तुर्सुले हात पारेको छ । दुल्लुमा मावि स्तरिय दैलेख जिल्ला पुरूष भलिबल प्रतियोगिता-२०८० असोज २६ गतेबाट सुरु भएको थियो, १६ वटा विद्यालयका टिम सहभागी खेल आइतबार साँझ सकिएको हो ।
पञ्चकोशी बहु प्राबिधिक शिक्षालय दुल्लुको चौथो बार्षिक उत्सवको अवसरमा असोज २६ गतेबाट भलिबल प्रतियोगिता गरिएको शिक्षालयका प्रमुख डा.लोकेद्र बहादुर खड्काले जानकारी दिए ।
आइतबार साँझ सकिएको खेलमा भगवती माध्यामिक विद्यालय तुर्सुले प्रतिस्पर्धि टिम जयदेब माध्यामिक विद्यालय जम्बुकाँधलाई पछिपार्दै प्रथम स्थान हाँसिल गरेको छ ।
प्रथम स्थान हाँसील गर्ने खेलाडिहरुले ७५ हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको शिक्षालयले जनाएको छ ।
खुल्ला प्रेस । २८ आश्विन २०८०, आईतवार २०:२४