दैलेख :नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखकोे पालिका स्तरीय अधिवेशन अन्र्तरगत बिभीन्न पालीकाको अबिधेसन सम्पन्न भएको छ । सोमबारदेखी सूरु भएको अबिधेशन अन्र्तरगत अहिलेसम्म सम्पन्न भएका सबै पालीकाहरुमा सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गरीएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिएका छन् ।
अध्यक्षका अनुसरा अहिलेसम्म जिल्लाका ११ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भइसकेको छ भने बाकी रहेका ५ वटा पालीकाहरुमा अबिधेशन जारी रहेको छ ।
सम्पन्न भएका पालीकाहरुअन्र्तरगत नारायण नगरपालिकाको अध्यक्षमा चन्द्र प्रसाद उपाध्याय, महाबु गाउँपालिकाको अध्यक्षमा मिन बहादुर बुढा, नौमुले गाँउपालिकाको अध्यक्षमा शसिराम विक, भगवतीमाई गाँउपालिकामा नरेन्द्र बहादुर शाही, डुङ्गेश्वर गाँउपालिकामा मान बहादुर बिष्ट र गुराँस गाँउपालिको अध्यक्षमा हिम वली सर्वसम्मत रुपमा चयन भएका छन् । बाकी रहेका पालीकाहरुमा पनि अबिधेशन जारी रहेको र विहीबार सम्म सबै पालिकाको अधिवेशन सम्पन्न हुने एमाले दैलेखले जनाएको छ ।




खुल्ला प्रेस । १६ कार्तिक २०७८, मंगलवार २२:०३