रेडक्रस सरकारको एउटा अङ्ग हो: मन्त्री जि.सी.

दैलेख: कर्णाली प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि.सीले रेडक्रस सोसाइटी सरकारको एउटा अङ्ग भएको बताएका छन् । शनिवार दैलेख सदरमुकाम भएको  जिल्ला स्तरीय जुनियर युर्वा रेडक्रस गोष्ठी कार्यक्रममा मन्त्री जिसीले सो कुरा बताएका हुन् ।

शनिवार जुनियर,युवा रेडक्रस सर्कल दैलेखको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री जिसीले अहिलेका युवाहरूमा स्वयंसेवी भावना नभएकोले रेडक्रसमार्फत भए पनि समाजमा सकारात्मक सन्देश दिने गरी युवाहरूलाई सामाजिक काममा लगाउनुपर्ने बताए । अहिलेको पुस्तामा यर्थात नबुझी एउटा हुलका पछाडि लाग्ने प्रचलन बढेको भन्दै,यसलाई चिर्न सकारात्मक सन्देश दिने कार्यक्रम सरकारले आउने बताए । उनले भने– विदेशी सङ्घ संस्थाले गरेको सानो कामलाई पनि प्रचार प्रसारको माध्यमामा धेरै गरेजस्तो गर्ने परिपाटि अन्य गर्दै सकारात्मक काममा अहिलेका पुस्ता लाग्नुपर्ने बताए । रेडक्रसले गर्ने हरेक काममा कर्णाली सरकारले सहयोग गर्छ, सरकार सधैँ तपाइहरूकै साथमा छ । सबैमा समाज सेवाको भावना आउनुपर्छ बोल्ने क्रममा उनले भनेका छन् ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा जुनियर युवा सर्कल दैलेखका अध्यक्ष सिम्रन सिंहले कार्यक्रम उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश माननीय पूर्ण बहादुर खत्री(चालिसे), नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सदस्य भेष बहादुर थापा,नि.प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला,जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक विद्यार्थी लगायत सरोकारवालाको उपस्थिति थियो ।

शनिवारबाट सुरु भएको गोष्ठ आइतबार सकिने रेडक्रस सोसाइटी दैलेखले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५