मुख्यमन्त्री शाहीले १४मंसिरमा विश्वासको मत लिने

सुर्खेतः  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि  शुक्रबार प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ  र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५