छाता ओडेर पढ्छन दैलेखका विद्यार्थी

दैलेख: दैलेखका विद्यार्थीले छाता ‌ओढेर पढ्ने गरेका छन् ।  विद्यालयको छानो चुहिने भएपछि विद्यार्थीहरुले छाता ओढेर पढ्न बाध्य भएका छन । दैलेखको नौमुले गाउँपालिका–६ सल्लेरीको शिवशक्ति माध्यमिक विद्यालयका बालबालिका छाता ओढेर पढ्न बाध्य भएका हुन । विद्यालय भवन चुहिने भएपछि छाता र पलास्टिक लिएर विद्यालयमा जानु पर्ने बाध्यता यहाँका विद्यार्थी छन् ।

शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर रावतले विद्यालयको पाँच कोठे भवन चुहिने भएका कारण विद्यार्थीहरूले छाता ओढेर पढ्न बाध्य भएको बताए । उनले गरिबी निवारण कोषको १९ लाख लागतमा २०६७ सालमा निर्माण गरिएको भवन चुहिने भएपछि बालबालिकालाई पढ्न समस्या हुने गरेको बताए ।

उनले भने अनुसार विद्यालय भवन चुहिएर बालबालिकालाई पढ्न समस्या भएको गाउँपालिका र प्रदेश सरकारलाई भनेको भए पनि पालिका, प्रदेश सरकारले वास्ता नगरेको कारण बालबालिकालाई छाता ओढेर भए पनि नियमित अध्यापन गराई रहेका छौँ । पहाडी जिल्लाको अग्लो भूभाग भएका कारण पानी कति खेर पर्छ थाहा नै हुँदैन । कहिले दुई कक्षालाई गाभेर पढाउनु पर्ने अवस्था छ त्यसो गर्दा बालबालिकाको पढाई समेत प्रभावित हुने गरेको छ ।
नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले विद्यालय भवन निर्माण भएको धेरै नभएको भए पनि कसरी चुहिने भयो भन्ने अनुसन्धानको विषय हुने बताए ।

उनले पालिकाको आन्तरिक आम्दानी नहुने,सङ्घीय सरकारबाट स्थानीय तहमा आउने राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम समेत नआएका कारण विद्यालय भवन तत्काल बनाउन नसकिने अवस्था नभएको बताए । उनले भने–तत्काल नयाँ भवन बनाउनु भन्दा पनि यही भवनलाई कसरी मर्मत सम्भार गर्ने भन्ने हो । विद्यालयमा कम्प्युटर जडान गरिएका, खेलकुदका सामाग्री दिइएको भए पनि त्यसको समेत विद्यालयले प्रयोगमा नलाएको आफूलाई खबर प्राप्त भएको अध्यक्ष सुबेदीको भनाइ छ । मेरोकर्णालीबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५