भगवतीमाई ६का दलित परिवारको निःशुल्क स्वास्थ्य विमा

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं.६ भित्रका दलित समुदायका हरेक नागरिकको निःशुल्क स्वास्थ्य विमा हुने भएको छ ।

वडा नं. ६ का दलितहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय भएको वडा अध्यक्ष गणेश प्रसाद शर्माले बताए । उलने बताए अनुसार आर्थिक बर्ष २०८०/०८१ मा वडा भित्र बसोबास गर्ने दलित समुदायको निशुल्क स्वास्थ्य विमा गर्ने वडा समिति बैठकबाट निर्णय भएको जानकारी दिए । यो भगवतीमाई गाउँपालिकाकै नयाँ काम भएको उनको दाबि छ ।

पालिकाले गर्न नसक्ने काम वडाबाट गर्न लागिएको उनको भनाइ छ । उनको यो निर्णयलाई नागरिकले सामाजिक संजालमा प्रशंसा गरिरहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५