रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

विकास केन्द्र, शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ ३१ गतेभित्र यसको विवरण पठाउनु भनेको हो।

शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरणको माग गरेको छ।

‘२०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रूपमा तपसिल बमोजिमको तोकिएकै ढाँचामा तयार गरी २०८/५/३१ गतेभित्र सोको हार्ड र सफ्ट कपी विवरण पठाउनु हुन निर्देशानुसार अनुरोध छ’, निर्देशन पत्रमा भनिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५