भैंसीले च्यापिएर वडासचिवको मृत्यू

दैलेख : बनमा चराउनका लागि लैजाँदै गरेको भैंसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैंसीको जिउले च्यापिएर दैलेखमा एक जनाको मृत्यू भएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–१० का वडासचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यू भएको प्रहरीले जनाएको  छ।

घरबाट खेत तर्फ लैजान लागेको भैंसी साँघुरो बाटोमा झण्डै लोट्न लागेको बेला काँध थाप्न लाग्दा भैंसीको पूरै जिउले च्यापेर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यू भएको दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

राँगन रोगका कारण खुट्टा टेक्न अलि कमजोर रहेको भैंसीलाई सजिलो गरी कान्लाबाट ओराल्न संगै मद्दत गरेका चक्रका भतिज प्रकाश कटुवालले भने ‘भैंसी लोट्नै लाग्यो छोडिदिनुस् भन्दा पनि थाम्न खोज्दा उहाँको जिउँमा भैंसी पर्याे ।

कटुवालले घटना सुनाए ‘भैंसीले च्यापेपछि उहाँ जोड चिच्याउनुभयो, भैंसी तत्काल उठेर आरामसंग हिड्यो तर काका उठ्न सक्नुभएन । हामीले उठाएर अस्पताल ल्याउदै गर्दा बाटोमा छाति दुख्यो भन्नुभएको थियो ।’

मृतक वडासचिव कटुवालको दैलेख अस्पतालमा पोष्ट मार्टम गरिएको छ । भैंसीको जिउले छाति र पेटमा थिचेको कारण पेटको आमाशय फुटेको र छातिमा पनि ज्यादै असर परेर उहाँको ज्यान गएको उपचारमा संलग्न डा. प्रयासराज सिजापतिले जानकारी दिए।

मृतक वडासचिव कटुवालका  ४१ बर्षिय एक श्रीमति नन्दा कटुवाल २२ बर्षिया कबिता कटुवाल १५ बर्षिया कृष्णा कटुवाल  २ छोरी छन।  उनकाे १८ बर्षिया छोरा उत्तम कटुवाल छन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५