बडावल मेला हेर्न गएका युवककाे भिरबाट लडेर मृत्यु

दैलेखः  दैलेखकाे भगवतीमाइ गाउँपालिका वडा नं. ३ काे सान्तडामा लाग्ने बडावल मेला हर्न गएका एक युवककाे भिरबार लडेर मृत्यु भएकाे छ ।  बिहिबार भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय युवक मेला हेर्न गएको समयमा मेला नजिकै भीरबाट खसेर घाइते  भएका थिए । अत्याधिक मदिरा सेवन गरेर उनि भिरबाट लडेकाे हुन सक्ने मेला हेर्न भएका प्रत्यक्ष दर्सीले जानकारी दिएका छन । घाइते उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।
कर्णाली प्रदेश प्रहरी कार्यलयले भगवतीमाई गाउँपालिका–३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका बमबहादुर नेपालीको भीरबाट अन्दाजी ७५ मिटर तल खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको जनाएकाे छ ।

बिहान भएको घटनास्थलमा प्रहरी चौकी बेस्तडाबाट ५ जनाको टोली खटिएर उक्त व्यक्तिको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाएको र नेपालीको बिहिबार दिउँसो करिब २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

याे ठाउँमा सयाैँ बर्ष देखि मंसिर कृष्ण पञ्चमीकाे दिन मेला लाग्ने गदर्छ ।  करीब  ३ दिन लाग्ने मेलामा दैलेख, जाजरकाेट, कालिकाेट, अछाम तथा सुर्खेतबाट सम्मेत मेलामा दशर्क अाउने र मेलाकाे साेभा वढाने परमपरा चल्दै अाएकाे छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५