कर्णालीका नौ जिल्लाबाट छानिए १११ प्रतिनिधि (नामवली सहित)

सुर्खेत : नेकपा (एमाले)ले कर्णाली प्रदेशका नौ जिल्लाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

नौ जिल्लाबाट एक सय ११ जना प्रतिनिधि छनाेट भएका छन् । मुगुमा भने प्रतिनिधि छनोट हुन सकेको छैन । त्यहाँ पनि सर्वसम्मत रुपमा चयन गर्ने प्रयास भइरहेको जनाइएको छ ।

कुन जिल्लाबाट को-को भए प्रतिनिधि ?

सुर्खेतबाट २२ जना प्रतिनिधि चयन भएका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट पार्टीका जिल्ला कमिटी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीसहित प्रदेशसभा सदस्य खड्क खत्री, खड्ग घर्ती, डण्डीप्रसाद शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह र चन्द्रकला बिसी रहेका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष नवराज रावत, कुलमणि देवकोटा, अमृत विसी, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ महाधिवेशन प्रतिनिधिका रुपमा छनोट भएका हुन् ।

दलित कोटाबाट तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक रहेका छन् ।

दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मासहित प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह र धीरबहादुर शाही दशौं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् । यस्तै सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक र हिक्मत विकसहित दैलेखबाट २३ जना प्रतिनिधि महाधिवेशनमा सहभागि हुनेछन् ।

कालीकोटबाट १४ जना प्रतिनिध छानिएका छन् । जसमा नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली छन् ।

जाजरकोट एमालेले करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली गरी ९ जना प्रतिनिधि छनोट गरेको छ ।

हुम्लामा प्रदेशसभा सदस्य दल रावलसहित दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई र कालिबहादुर नेपाली प्रतिनिधि भएका छन् ।

सल्यान – पुष्पा कुमारी बोहोरा, संञ्चिता कुमारी ओली, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

रुकुम (पश्चिम)- टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली

जुम्ला- शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा – तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक साझा बिसौनी

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५