नारायण क्याम्पसमा भद्रगोल, चुनाव अनिश्चित

दैलेख: दैलेखको नारायण बहुमुखी क्याम्पसमा भद्रगोल देखिएको छ । क्याम्पसमा रहेको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा ताला लागेको छ । चैत ३ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच चुनावी तालमेल गरी कोषाध्यक्षमा उम्मेदवार बनेकी डिलमाया थापा मगरको उम्मेदवारी सङ्गठनको आधिकारिक पत्र नपठाउँदै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार फिर्ता लिएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ निर्वाचन अधिकृतको कार्यालयले सङ्गठनले मनोनयन फिर्ताको पत्र नपठाउँदै आमुख सङ्गठनलाई फाइदा हुने देखि आफ्नो सङ्गठन बाट साझा उम्मेदवार बनेका व्यक्तिको मनोनयन फिर्ता लिएको भन्दै तत्काल उक्त कार्य नसच्याए सम्म तालाबन्दी खुल्दैन त्यस्तै निर्वाचनलाई स्वच्छ मर्यादित र निष्पक्ष र भए रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागी आमुख पार्टीको इशारामा काम गर्ने निर्वाचन समितिलाई भङ्ग नगरे सम्म निर्वाचनमा सहभागी नहुने उल्लेख गरिएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बाट सचिव पदमा साझा उम्मेदवार पृथ्वी बहादुर सिंहले स्ववियु निर्वाचन निर्देशिका २०७९ को दफा २९ को ३ मा कुनै सङ्गठनको तर्फबाट उम्मेदवार मनोनयन दर्ता भएको उम्मेदवारको सम्बन्धमा दफा १४ बमोजिम तोकिएको पदाधिकारीले निजको नाम फिर्ता लिने गरी उपदफा १ बमोजिम उम्मेदवारको नाम फिर्ता लिन सकिने समय भित्र लेखि पठाएपछि मात्र उम्मेदवार रूपमा कायम नहुने व्यवस्था भए पनि निर्वाचन अधिकृतको कार्यालयले सङ्गठनको पत्र बिनै उम्मेदवारको नाम फिर्ता गरिएको भन्दै आफूहरूले तालाबन्दी गरिएको बताए ।

नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नर बहादुर शाहीले नाम फिर्ताका विषयमा विवाद भएपछि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी भएको बताए । उनले स्ववियु निर्वाचन निर्देशिका २०७९मा उम्मेदवारले नाम फिर्ता लिने सम्बन्धी स्वतन्त्रबाट मनोनयन दर्ता गरेका उम्मेदवार र सङ्गठनको तर्फ बाट उम्मेदवार बनेकाहरूको हकमा स्पष्ट व्याख्या नगरेका कारण समस्या भएको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय नारायण बहुमुखी क्याम्पस दैलेखमा २०७९/११/२५ गते निर्वाचन कार्यालयमा लागिएको ताला नखुल्दै २०७९/११/२९ प्रशासनमा पनि तालाबन्दी गरिएको छ चैत्र ३ गत्ते हुन लागेको स्ववियु निर्वाचनमा चैत्र १ गते सम्म पनि विद्यार्थिकाेहरु अन्तिम नामावली प्रकाशन नभई सहमति नभएपछि निर्वाचन हुने वा नहुने अनिश्चित भएको छ । त्यस सन्दर्भमा यस अघि पटक पटक बुझ्न खोज्दा निर्वाचन अधिकृतले गैर जिम्मेवारी जवाफ दिएको अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार खम्बिरा कुमारी बुढाले बताइन् ।

उनले भनिन् निर्वाचन समितिकै व्यक्तिहरूबाट विभिन्न दबाब र प्रभाव परि बाम विद्यार्थी सङ्गठनका उम्मेदवारी फिर्ता गरिएको सूचना आउनु र निर्वाचन समितिले त्रुटि भयो भनी फेरि कायम गर्ने कुरा जस्तो गैर जिम्मेवार जवाफ आउनु राम्रो होइन ।

यता आवाज स्वतन्त्र विद्यार्थी सङ्गठनबाट सचिवका उम्मेदवार फिलिप सिंहले निर्वाचन अधिकृत र निर्वाचन समिति माथि गम्भीर प्रश्न उठेकाले छानबिनका लागि निर्वाचनको कार्यालयमा तालाबन्दी गरिएपनी कुनै प्रक्रिया अघि बढ्न नसकेकाले स्ववियु निर्वाचन समितिले गरेका गम्भीर त्रुटिहरूको समीक्षा र निचोड नआउँदै हामी विद्यार्थी सङ्गठनको आन्दोलन बेवास्ता गरे निर्वाचन हुन नदिने बताए । उनले भने २९ गते नमुना मतपत्र सार्वजनिक गर्नुपर्ने लगायतका कुनै पनि कार्य नगरी निर्वाचन समितिले दादागिरी शैलीमा अगाडि बढ्नुले स्ववियु निर्वाचन अधिकृत र निर्वाचन समिति नै चुनाव भाँड्ने मुख्य भूमिका रहेको प्रस्ट छ । हामी विद्यार्थी सङ्गठन निर्वाचन कार्यपालिका उलङ्घन गर्ने निर्वाचन समितिले नै उम्मेदवारी फिर्ता लिने र आफै पुन कायम गर्ने जस्तो गम्भीर त्रुटि गर्ने निर्वाचन अधिकृतलाई कार्यवाही गरी नयाँ प्रक्रिया थालनी नगरे सम्म चुनाव हुदैन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५