शुक्रवार दैलेख महोत्सव उद्घाटन हुने 

दैलेख: शुक्रवार दैलेखमा महोत्सवको उद्घाटन हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान दैलेखले लगाउन लागेको १० दिने महोत्सवको शुक्रवार उद्घाटन हुने भएको हो ।

बिहीबार दैलेख सदरमुकाममा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिइएको छ । दैलेखमा भएका पर्यटन, कला र सांस्कृतिक जगेर्ना गर्दै लोक तथा दोहोरीगित/संगितको माध्यमबाट देश तथा विदेशमा जिल्लाको प्रचार–प्रसार गरी परिचित गराउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख महोत्सव गर्ने लागेको छ । फागुन १९ देखि २९ गतेसम्म दैलेखको काँडाचौरमा दैलेख,पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७९ को लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रवार महोत्सवको उद्घाटनको लागि स्थानीय तहहरुबाट विभिन्न झाँकी सहित आउने महोत्सव मूल समारोह शमितका संयोजक राजु कुमार खत्रीले जानकारी दिए । उनले भने– हामीले महोत्सवको तयारी पुरा गरिसकेका छौ, उद्घाटन सत्र कोलागि गर्नु पर्ने काम सक्यौ । देशमा आएका केही उथलपुथलले यस बिचमा केही असहजता भए पनि अब दैलेखमा महोत्सव लाग्ने पक्का भएको छ । शुक्रवार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहबाट महोत्सवको उद्घाटन गछौँ । खर्चको पारदर्शी हुन्छ । महोत्सवबाट फाइदा रकमले राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान दैलेखको जग्गा तथा भवनको लागि खर्च गरिन्छ ।  यस महोत्सवमा जम्मा १ यस १२ व्यापारिक स्टलहरू रहने छन् । बच्चाहरूका लागि खेलौना, सांस्कृतिक कार्यक्रम सहित महोत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्ने गरी व्यवस्था मिलाइको छ । केसीले भने ।

जिल्लामा लाग्ने महोत्सवले कला सांस्कृतिक उजागर गर्नेमा सहयोग गर्ने भन्दै पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य नवीन रिजालले जिल्लाको पहिचान देश भरी व्यापक गर्न सुझाव दिए । उनले भने यो महोत्सव जुन उद्देश्यले हुन लागेको छ । यसमा सबैले सहयोग गर्ने पर्छ । कार्यक्रम उपस्थित पत्रकारहरूले  महोत्सवको बारेमा आफ्ना सुझाव दिएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५